आइतवार, फाल्गुन २०, २०८०

महाभूकम्पका कारण कृषिमा देखिएको समस्या समाधान गर्ने मन्त्रीको प्रतिवद्धता

nirikchaynaकाठमाडौं,  जेठ । महाभूकम्पबाट प्रभावित किसानहरुलाई बर्षे बाली लगाउनका लागि सातादिन भित्र आवश्यक बीउ उपलब्ध गराउन सरोकारवाला निकायलाई कृषि मन्त्री हरिप्रसाद पराजुलीले निर्देशन दिएका छन् । गत वैशाख १२ र २९ गते आएको महाभूकम्पका कारण प्रभावित सिन्धुपाल्चोक जिल्ला भ्रमण गर्ने क्रममा मन्त्री पराजुलीले चौतारामा सरोकारवालाहरुसँगको छलफलमा सो कुरा बताएका हुन् । भूकम्पबाट प्रभावित किसानहरुलाई तत्कालै राहत उपलब्ध गराउन नसके त्यसले भविष्यमा खाद्य सुरक्षामा समस्या देखिन सक्ने भएकाले किसानहरुको मनोबल बृद्धि हुने किसिमले आवश्यक मल बीउको सहजीकरणका लागि पनि मन्त्री पराजुलीले निर्देशन दिएका छन् ।
सिन्धुपाल्चोक जिल्लामा भूकम्प प्रभावित किसानहरुलाई आवश्यक पर्ने धानको बीउ उपलब्ध गराउन एफएओ तयार रहेको छ । कृषि विकास मन्त्रालयले किसानहरुलाई धानका बीउ राहतका रुपमा उपलब्ध गराउँदा सम्वन्धित कृषि विकास कार्यालयसँग समन्वय गरेर मात्र वितरण गर्न पाउने निर्देशन लिए लगतै एफएओले सिन्धुपाल्चोकका लागि ५० मेट्रिक टन खुमल ४ र मकवानपुर १ को धानका बीउ निःशुल्क वितरण गर्न लागेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख वेद चौलागाईले कृषि अनलाईनलाई बताए ।
चौलागाईका अनुसार जिल्ला कृषि कार्यालय सिन्धुपाल्चोकले समेत ४ वटा सेवा केन्द्र मार्फत नियमति कार्यक्रम अन्तर्गत नै रहेर १० मेट्रिक टन खुमल ४ र मकवानपुर १ धानको वीउ विरतण गरिसकेको छ । साथै सिन्धुपाल्चोक जिल्लामा सेफ द चिल्ड्रेनले समेत २४ मेट्रिक टन धानको बीउ वितरण गर्न लागिरहेको उनले बताए ।
चौलागाईका अनुसार सो जिल्लामा ६ हजार प्लाष्टिक टनेल भूकम्पले ध्वस्त भएको छ नभेन ४ हजार मौरीका घारसमेत पूर्ण रुपमा ध्वस्त भएको छ साथै तातोपानीदेखि हेलम्वुसम्मको रेम्वो ट्राउट पनि विनासकारी भूकम्पले क्षति तुल्याएको छ ।

प्रकाशित मिति: बिहिबार, जेष्ठ ७, २०७२