शनिबार, बैशाख ८, २०८१

भूकम्प पीडित किसानहरुको राहतका लागि ७ अर्व आवश्यक

krisiकाठमाडौं, १ जेठ । गत बैशाख १२ गते गएको महाभूकम्पका कारण कृषि क्षेत्रमा समेत त्यसले ठूलो असर पारेको छ । कृषि क्षेत्रमा मात्र दश अर्वको क्षति गरेको कृषि विकास मन्त्रालयका सह प्रवक्ता शंकरप्रसाद सापकोटाले यस अघि नै तथ्यांक सार्वजनिक गरिसकेका छन् । महाभूकम्पका कारण ४० जिल्लामा ८ अर्व ११ करोड ११ लाख ९१ हजार मूल्यबराबरको खाद्यान्न नष्ट भएको देखिएको छ भने यो तथ्यांक अझै बढ्ने सम्भावना पनि देखिएको छ । त्यसैगरी भूकम्प प्रभावित २३ जिल्लामा पशुपंक्षीहरु ६३ करोडबराबरको क्षति भएको देखिन्छ पशुहरुको क्षतिको विवरण आउने क्रम अझै जारी नै देखिन्छ ।
यद्यपी कृषि विकास मन्त्रालयले महाभूकम्पबाट प्रभावित किसानहरुलाई राहत उपलब्ध गराउन करीव ७ अर्व रुपैयाँ आवश्यक पर्ने अनुमान गर्दै सो रकम सरकारसँग माग गर्ने तयारी समेत गरेको छ । विहीबार कृषि विकास मन्त्रालयमा सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा भएको छलफलमा सो निष्कर्ष निकालेको कृषि विकास मन्त्रालयको सहसचिव एवं योजना महाशाखाका महाशाखा प्रमुख योगेन्द्रकुमार काकीले बताएका छन् । कार्कीका अनुसार धानको बीउ राख्ने बेला भएका कारण प्रभावित जिल्लाहरु मध्ये सिन्धुपाल्चोक, गोरखा, धादिङ्ग, नुवाकोट, रसुवा र सिन्धुली ६ जिल्लाका किसानहरुलाई धानको वीउ अनुदानमा उपलब्ध गराउन एफएओले सहयोग गर्ने भएको समेत बताइएको छ । वाँकी जिल्लाहरुमा जिल्ला कृषि विकास कार्यालय मार्फत बाली विकास निर्देशनालयको प्राविधिक संयोजनामा वितरण गर्न लागिएको पनि उनले बताए ।
त्यसैगरी बीउ वितरण गर्नका लागि बीउ विजन कम्पनी मार्फत अनुदानमा उपलब्ध गराउन लागि भएपनि मल भने सशुल्क सहज रुपमा वितरण गर्न लागिएको उनले बताए । साथै भूकम्पबाट मृत्यु भएका एवं घाइते भएका पशुहरुको औषधी उपचाकार लागि २ करोड ५० लाख आवश्यक पर्ने र सो रकम छुट्याएको समेत उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, जेष्ठ १, २०७२