शुक्रबार, चैत्र १६, २०८०

भूकम्पले दुई हजार पशु मरे

 रसुवा, ३१ वैशाख । विनाशकारी भूकम्पका कारण रसुवा जिल्लामा मरेका चौपायाको प्रारम्भिक लगत सङ्कलन भएको छ । जिल्ला पशुसेवा कार्यालय रसुवाका अनुसार भैँसी ४९०, मझौलाखाले गाईगोरु १ हजार १सय२९ र पक्षी ११ हजार, घर गोठ, मचानले च्यापेर मृत्यु भएको छ ।

कुहिएर मानव जनजीवनमा हुन सक्ने असरलाई समयमै सावधानी अपनाई मरेका सबै पशु खाल्टोमा गाडिसकिएको बताइएको छ। कति पशु मरे यकिन तथ्याङ्क लिने कार्य भइरहेको पशुसेवा कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: बिहिबार, बैशाख ३१, २०७२