शुक्रबार, बैशाख ७, २०८१

रासायनिक विषादीको प्रयोग घटाउँदै

काभ्रे, ९ वैशाख । काभ्रेपलाञ्चोकमा किसानले रासायनिक विषादीको प्रयोग घटाउँदै गएका छन् ।
सचेतना कार्यक्रम, अनुगमन, कृषकको आर्कषण जैविक, वानस्पतिक र घरेलु विषादीमा बढेकाले किसानले रासायनिक विषादीको प्रयोगमा कमी आएको हो । बाली विकास अधिकृत थर्कबहादुर जिसीले कृषकलाई रासायनिक मलको विकल्पमा जैविक तथा वनस्पतिक विषादी प्रयोग गर्न आग्रह गर्दै आएको बताए ।
“विषादीको प्रयोगबारे १०० वटा एग्रोभेटलाई तालिम दिएका छौँ” भन्दै उनले विषादी परीक्षणका लागि क्षेत्रीयस्तरमा प्रयोगशाला समेत स्थापना गरिएको बताए ।

प्रकाशित मिति: बुधबार, बैशाख ९, २०७२