शनिबार, बैशाख ८, २०८१

दूध विक्री नभएपछि सडकमा फाल्ने तयारी

milk faldai kisanचितनव, ९ बैशाख । कृषि विकास मन्त्रालयले ३ बर्षभित्र दूधमा आत्मनिर्भर हुने बताईरहेका बेला चितवनका दुग्ध उत्पादनमा सक्रिय रहेका किसानहरु सडकमा दूध फालेर आन्दोलन गर्ने तयारीमा जुटेका छन् । व्यवसायिक रुपमा दुग्ध उत्पादनमा सक्रिय रहेका किसानहरु करिव एकसातादेखि दूध विक्री गर्न नपाएर अन्योलमा परेका छन् ।
किसानहरुको दूध खरिद प्रशोधन गर्दै आईरहेको चितवन मिल्को दूध प्रशोधन गर्ने मेसिनमा दुई साता अगाडिदेखि प्राविधिक गडबढीका कारण बन्द भएपछि किसानहरुको दूध खरिद गर्ने संस्था पाउन सकेका छैनन् । दुग्ध विकास संस्थानले समेत चितवनका व्यवसायिक दुग्ध उत्पादनमा सक्रिय रहेका किसानहरुको दूध खरिद गर्न सकेको छैन् ।
लामोसमयदेखि चितवन, मकवानपुर, नवपरासी, तनहुँ, रुपन्देहीसम्मका किसानहरुले उत्पादन गरेका दूध चितवन मिल्क खरिद गर्दै आएको भएपनि मेसिन विग्रका कारण चितवन मिल्कले खरिद गर्न सकेको छैन । चितवन मिल्कले दूध खरिद नगरेपछि किसानहरुले उत्पादन गरेका लाखौ लिटर दूध खेर गईरहेको छ । दूध उत्पादन बढ्दै गईरहेका बेला किसानहरुले दूध विक्री गर्न नपाएपछि सडकमा पोखेर आन्दोलन गर्ने तयारी गरिरहेको बुझिएको छ ।
दूध उत्पादनमा सक्रिय रहेका किसानहरुको छाता संस्थाका रुपमा रहेको व्यवसायिक दूग्ध उत्पादन किसान समाजका अध्यक्ष आनन्द न्यूरेका अनुसार किसानहरुले दूध विक्री हुन छाडेको छ । चितवन मिल्कले मेशिन विग्रेका कारण खरिद गरेको छैन । अव हामी किसानहरुले उत्पादन गरेको दूध कहाँ विक्री गर्ने हो सरकारले ठाउँ देखाईदिनु पर्यो । दुग्ध विकास संस्थानले दूध किन्दैन पहिलेको दूधको रकम पनि दिएको छैन त्यसैले हामी आन्दोलन गर्ने तयारीमा जुटेका छौं न्यूरले कृषिअनलाईनलाई बताए ।

प्रकाशित मिति: बुधबार, बैशाख ९, २०७२