शुक्रबार, चैत्र १६, २०८०

दुई करोडको तरकारी बिक्री

दैलेख, ९ वैशाख । नारायण नगरपालिका–२ का सर्वराज भण्डारीले वार्षिक रु आठ लाख बराबरको तरकारी बिक्री गर्ने गरेका छन् । करेसाबारीबाट सुरु गरेको तरकारीखेती अहिले १३ रोपनी जग्गामा फैलिएको छ । त्यही १३ रोपनी जग्गामा भण्डारीले वर्षभरि विभिन्न तरकारी लगाउने गर्छन् । जग्गा भाडामा लिएर तरकारी लगाउन सुरु गरेका उनले तरकारीकै आम्दानीबाट त्यही जग्गा समेत किनेका छन् ।“घरपरिवारबाटै सहयोग पाइएकाले व्यावसायीक तरकारी खेती गर्न सहयोग पुगेको हो” उनले भने । तरकारी सदरमुकाम दैलेख बजारसम्म पु¥याउन हम्मेहम्मे पर्ने गरेको छ ।

सर्वराजले जस्तै सोही वडाका खगेन्द्रबहादुर थापाको अधिकाँश समय तरकारी उत्पादनमै वित्ने गरेको छ । उनी जिल्ला विकास समितिका नायवसुब्वा समेत हुन् । कार्यालयको समयबाहेक अरुबेला थापा तरकारी उत्पादनमै व्यस्त हुने गर्दछन् । गोलभेँडा, बन्दागोभी, आलु र काउलीबाटै रु पाँच लाखसम्म आम्दानी गर्ने गरेको उनले  बताए ।
भण्डारी र थापाले मात्र तरकारी उत्पादन गर्ने गरेका होइनन् । नारायण नगरपालिका–२ का अधिकाँशले तरकारी व्यवसाय गर्दै आएका छन् । सो एउटै वडाबाट मात्रै वार्षिक रु दुई कारोड बराबरको तरकारी बिक्री हुने गरेको छ । उत्पादन भएको तरकारी सदरमुकाम तथा जिल्लाका अन्य ठाउँममा खपत हुने गरेको छ ।
कृषि बिकास कार्यालयका निमित्त प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सूर्यनाथ योगीले उत्पादन भएको तरकारी सदरमुकाममा सहजै खपत भइरहेको  बताए ।“विगतमा नेपालगञ्जबाट तरकारी आयात गर्नुपथ्र्यो, अहिले यही उत्पादन भएको खाइरहेका छौँ” उहाँले भन्नुभयो । तरकारी बिक्रीवितरण व्यवस्थित गर्नका लागि संकलन केन्द्रको आवश्यकता रहेको उनको  भनाइ छ ।

प्रकाशित मिति: बुधबार, बैशाख ९, २०७२