बिहिबार, बैशाख ६, २०८१

कृषि विकास मन्त्रालय अन्धकारमय

Agriculture manistry of nepalकाठमाडौं, ८ वैशाख । मुलुकको केन्द्र विन्दु मानिने सिंहदरबारभित्र रहेको कृषि विकास मन्त्रालय विगत एक सातादेखि अन्धकारमय भएको छ । एकसाता अगाडिदेखि मन्त्रालय नजिकै रहेको विद्युतको ट्रान्सफर पड्केको भएपनि हालसम्म विद्युत आपूर्ति गर्न सकेको छैन । आगामी बर्षका लागि योजना तर्जुमा गर्न जुटेको कृषि विकास मन्त्रालयमा विद्युत आपूर्ति नहुदा मन्त्रालय कुनै पनि काम गर्न सजिलो देखिएको छैन । सानो तिनो चिठ्ठी टाइपदेखि फोटोकपी गर्न समेत मन्त्रालय आफू मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भर पर्नु परेको देखिन्छ । विद्युतलाईन नभएका कारण मन्त्रालयमा कम्यूटर फ्याक्स चल्न सकेका छैनन् । हरेक दिन मुलुकभरका जिल्ला कृषि विकास कार्यालयहरुले पठाउने गरेको मन्त्रालयसँग सम्वन्धित कामहरु अलपत्र पर्ने गरेको छ । जिल्लाबाट फ्याक्स तथा इमेलबाट जानकारीहरु पठाउने गरिएको भएपनि सातादिनदेखि मन्त्रालय र जिल्लाको सम्वन्ध टुटेको छ ।
सिंहदरबारभित्र रहेको कृषि विकास मन्त्रालय समेत विद्युत मर्मत गर्नका लागि समेत साता दिन भन्दा बढी समय लाग्छ भने ग्रामिण भेगका जनताको अवस्था के होला ? हुन त कृषि विकास मन्त्रालयलका कर्मचारीहरु समेत विहान १० बजे कार्यालय उपस्थिति हुने गरेपनि विद्युत नभएका कारण दिनभर सहज रुपमा काम गर्न नसकिरहेको गुनासो गरिरहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, बैशाख ८, २०७२