मङ्लबार, बैशाख ११, २०८१

निम्बसद्धारा बीमा सेवा प्रदान

काठमाडौं,५ वैशाख । निम्बसले आफूले उत्पादन गरेको शक्ति दाना उपभोग गर्ने कुखुरा पालक किसानहरुलाई ईन्स्योरेन्स सेवा उपलब्ध गराउन शुरु गरेको छ । काठमाण्डौं उपत्यका केन्द्रित किसानहरुबाट यो सेवा शुरु गरी आगामी दिनमा देशैभरि भएका आफ्नो किसानहरुलाई चाडै नै यो सेवा बिस्तार गर्न लागेको निम्वसले जनाएको छ । नयाँबर्षसँग बैशाख ३ गते काभ्रे जिल्लाबाट ८००० ब्रोईलर चल्लाको बिमा गराई यो बीमा सेवाको शुरु गरिएको कम्पनीले जनाएको छ ।
किसानहरुले तिर्नुपर्ने बिमा शुल्क निम्बसले आफ्ना किसानहरुका निम्ति आफैले बेर्होर्ने छ । उक्त बिमालेखबाट किसानहरुलाई आगलागि, चट्याङ्ग, भुकम्प ,बाढी, पहिरो, डुबान, आँधिबेहरी, असिना, तुषारो, आकस्मिक दुघर्टना र रोगहरुबाट सुरक्षित महशुस गराएको छ । बर्डफ्लू रोगबाट हुने क्षति अन्तर्गत बीमकले क्षतिपूर्ति नपाउने भएपनि निम्बसको बर्डफ्लू राहत कोषले उक्त जोखिमको न्यूनिकरण गरेको समेत बताएको छ । सरकारले बर्डफ्लू रोग नियन्त्रण आदेश २०६६ अनुसार प्रदान गरिने क्षतिपूर्ति निम्बसले सहयोग स्वरुप आफ्ना किसानहरुलाई प्रदान गर्दै आएको छ । उक्त बिमालेखको लागि ओरियन्टनल ईन्स्याोरेन्ससंग निम्बसले सहकार्य गरेको छ । हाल निम्बसले शुरु गरेको यस बिमा सेवाबाट शक्ति दाना प्रयोग गर्ने किसानहरु मात्र लाभान्वित हुनेछन् ।

प्रकाशित मिति: शनिबार, बैशाख ५, २०७२