शनिबार, बैशाख ८, २०८१

विषादी युक्त भारतीय आँप बजारमा छ्यापछ्याप्ती

mangoकाठमाडौं, वैशाख । सरकार विषादीयुक्त तरकारी रोक लगाउन सक्रिय भएका बेला काठमाडौंका बजारमा भने विषादीप्रयोग भएका भारतीय अाँप भने प्रशस्त भेटिन थालिएका छन् । नेपालमा आँप फुल्ने र बतिला लाग्ने समय भइरहेको बेला काठमाडौं र आसपासको बजारमा भारतीय आँप छ्यापछ्याप्ती देखिएको छ । बजारमा आएको भारतीय आँप कति स्वस्थ्यकर वा अस्वस्थ्यकर भन्ने विषयमा बहस भइरहेको बेला त्यस्तो आँप स्थानीय बजारमा छ्यापछ्याप्ती देखिएको हो ।
अघि पाक्ने जात यहाँ नभएकाले भारतीय आँप बजारमा आयात भईरहेको जिल्ला कृषि विकास कार्यालय काठमाडौंले जनाएको छ । बजारमा आएको सो आँप स्वस्थकर नभएकाले प्रसस्त रुपमा खान नहुने कार्यालयजनाएको छ । नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँले भने बजारमा आएको आँप औषधिरहित भएको दाबी गरेको छ ।
सङ्घले नेपालमा भारतबाट आउने जातका आँप उत्पादन नभएकाले यसको बजार नेपालमा रहेको जानकारी दिँदै नेपाली आँप उत्पादन भएपछि प्रतिस्पर्धा हुन नसकेर स्वतःभारतीय आँप विस्थापित हुने जनाएकोे छ ।
सङ्घका अनुसार एक महिनादेखि दशहरी, माल्दा, बदाम, गुलाब फास्ट जातका आँप नेपाली बजारमा आएको र भारतीय उत्पादनका यी आँप चीनसम्म पुगेको छ ।
नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँले दिएको जानकारीअनुसार रु २७ लाख बराबरको ४५ देखि ४८ टन भारतीय आँप काठमाडौँ भित्रिएको छ । सोमध्ये बनेपा, धुलिखेल, पाँचखाललगायतका बजारमा झन्डै पाँच टन भारतीय आँप खपत हुने गर्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उपमहानिर्देशक विनय श्रेष्ठले भारतीय आँप स्वस्थ्यकर भए नभएको विषयमा छलफल भइरहेको उल्लेख गर्दै आँपमा कुन रसायन प्रयोग भएको भन्ने विषयमा पहिचान गर्ने काम भइरहेको बताएका छन् ।
खाद्य प्रविधि गुण नियन्त्रण विभागमा आँपमा रसायन प्रयोग भए नभएको उजुरी गर्न हालसम्म कोही नआएकाले पनि आफूहरुलाई काम गर्न गाह्रो परेको अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति: शुक्रबार, बैशाख ४, २०७२