बुधबार, बैशाख १२, २०८१

बारामा गहुँ उत्पादन बृद्धि

कलैया, ३ वैशाख । बारामा गत वर्ष करिब एक लाख दुई हजार मेट्रिक टन गहुँ उत्पादन भएको छ । कृषि कार्यालयका प्रमुख जितेन्द्र यादवका अनुसार गत वर्ष कृषकले कुल २९ हजार ५० हेक्टर क्षेत्रफलमा भृकुटी, २९७, अच्यूत र विजय जातको गरी कुल एक लाख एक हजार ६७५ मेट्रिक टन गहुँ उत्पादन गरेका थिए ।

उत्पादित गहुँ कलैया बजारमा प्रतिक्विन्टल रु दुई हजार ३५० देखि रु दुई हजार ४०० मा बिक्री भइरहेको छ ।अघिल्लो वर्ष कृषकले २९ हजार १०० हेक्टर क्षेत्रफलमा विभिन्न जातको गहुँ खेती गरी कुल ९८ हजार ९४० मेट्रिक टन गहुँ उत्पादन भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख ३, २०७२