बिहिबार, बैशाख १३, २०८१

कृषि क्षेत्रमा लगानी ५ प्रतिशतभन्दा कम

Nepal rastra Bankकाठमाडौं,३ बैशाख । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएर किसानलाई कर्जाको व्यवस्था गर्न नीति ल्याए पनि कर्जा दिने वैक, वित्तिय संस्थाले यसतर्फ चासो नदिएको पाइएको छ । अनुत्पादक क्षेत्रमा ठूलो लगानी गरेका वैक, वित्तिय संस्थाले रोजगारी बढाउने र अर्थतन्त्रमा ठूलो योगदान दिने कृषि क्षेत्रमा कुल कर्जाको ५ प्रतिशत पनि लगानी गरेका छैनन् ।
यो तथ्याङ्कले वैकिङ्ग क्षेत्र कृषि क्षेत्रमा लगानी गर्न अनिच्छुक रहेको देखाउँछ । फाइनान्सियल सेक्टर डेभलपमेन्ट स्ट्राटेजीले हालै गरेको एक अध्ययनले कृषिमा वैकिङ्ग क्षेत्रको लगानी कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको देखाएको छ । वैक, वित्तिय संस्था कृषि लगानी गर्न तयार भए नभएको अध्ययन नगरी केन्द्रिय वैंकले हचुवाको भरमा निर्देशन जारी गर्दा यो स्थिति आएको अर्थशास्त्री विश्वभर प्याकु¥याल बताउँछन् । उनले भने कुल रोजगारी सिर्जनामा ७१ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा कर्जा प्रवाह सन्तोषजनक नहुनु दुखको कुरा हो ।
राष्ट्र वैंक, वित्तिय संस्थालाई आगामी असार मसान्तसम्ममा कुल कर्जाको २० प्रतिशत उत्पादनशील क्षेत्रमा लगानी गर्न निर्देशन दिएको थियो । केन्द्रीय वैंकले तोकेको समय सकिन तीन महिना वाँकी छ । राष्ट्र वैंकले कृषि उर्जा, पर्यटन र घरेलु तथा साना उद्योगलाई उत्पादनमूलक क्षेत्रमा गणना गरेको छ । त्यसमध्ये धेरैलाई रोजगारी दिएको कृषिमा ५ प्रतिशतभन्दा कम कर्जा लगानी छ । कृषि बाहेक अन्य सवै क्षेत्रलाई समेट्दा पनि २० प्रतिशत नपुग्ने अवस्था छ ।
कृषि र उर्जा क्षेत्रमा मात्रै पनि १२ प्रतिशत कर्जा प्रवाह गर्न वैंक, वित्तिय संस्थालाई केन्द्रिय वैकले निर्देशन दिएको थियो । उत्पादकत्व बढाउने उदेश्यले केन्द्रीय वैकले ल्याएको उक्त योजना सकारात्मक रहे पनि पर्याप्त गृहकार्यविना आएकोले प्रभावकारी हुन नसकेको विज्ञहरुको भनाई छ । अनुत्पादनक क्षेत्रमा लगानी बढ्नु र उत्पादनशीलमा बढ्न नसक्नुको कारण खोजि गर्नु पर्ने भएको छ । यस अघि राष्ट्र वैकले गएको असार मसान्तमा कृषिमा १० प्रतिशत लगानी गरिसक्नु पर्ने गरी सीमा तोकेको थियो । राष्ट्र वैकले कृषि कृर्जाको सीमा १० प्रतिशत बढाएर यसलाई १२ प्रतिशत पु¥याएको छ । तर वैक वित्तिय संस्थाले कृषिमा कम लगानी गरेपछि सरकारले सहुलियत व्याजमा ऋण दिए पनि कृषिलाई प्रोत्साहन गर्ने नीति ल्याएको छ । राष्ट्रिय बाणिज्य वैकले किसानलाई ५ प्रतिशत ब्याजमा ऋण दिने बताएको छ । सरकारको ४ प्रतिशत व्याज अनुदान लिएकाले वैंकले ५ प्रतिशतमै ऋण दिने व्यवस्था मिलाएको बताए पनि खासै उपलब्धि हुन सकेको देखिँदैन ।– विष्णु बेल्वासे

प्रकाशित मिति: बिहिबार, बैशाख ३, २०७२