बिहिबार, बैशाख १३, २०८१

दमकका किसान व्यवसायिक तरकारी खेतीतर्फ

दमक, ३ वैशाख । तोपगाछी गाविस–८ मिलन चोकका कृषक व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । कृषकले तरकारी बिक्रीबाट मनग्य आम्दानी लिन थालेका छन् । मिलन मिश्रित कृषक समूह गठन गरेर सामूहिक रूपमा तरकारी खेती सुरु गरेपछि उनिहरू घरमा बसीबसी आम्दानी लिन थालेका छन् ।
काँक्रा, करेला, लौका, रायो, घिरौँला, भिन्डीलगायतका बेमौसमी तरकारी बिक्री गरेर यथेष्ट आम्दानी गर्न थालेको समूहका सचिव लक्ष्मीप्रसाद न्यौपानेले बताएका छन् । एक्लाएक्लै भन्दा सामूहिक रूपमा तरकारी खेती गर्दा फाइदा बढी हुन्छ” उनको तर्क थियो । समूहले अहिले सात कट्ठा जमिन भाडामा लिएर तरकारी खेती गरिरहेको छ । पहिले सो ठाउँमा अन्नबालीबाट कृषकले वार्षिक रु १० हजारसम्मको आम्दानी हुने गरेकामा अहिले सोही तरकारी खेतीबाट दशाँैगुणा बढी आम्दानी बटुल्न थालिसकेका छन् ।
हरियो तरकारी, खुर्सानीको व्यावसायिक उत्पादन गर्न थालेकोले तालिम र सिँचाइको व्यवस्था गर्न सकिए यो क्षेत्रको नै मुहार फेर्न सकिन्छ किसानहरुको भनाई छ ।

प्रकाशित मिति: बिहिबार, बैशाख ३, २०७२