आइतवार, फाल्गुन २०, २०८०

हाँस कुखुरामा लोभिन्दै पैसा कमाउनेहरु

duck_उदयपुर,  २६ चैत्र । परिश्रम गर्नेहरुका लागि पैसा कमाउन बिदेश नै जानु पर्दैन खोलाको बगरमा समेत प्रसस्त दाम कमाउन सकिन्छ भन्ने कुरा उदयपुर कटारी नगरपालिकमा पर्ने मरुवा हाँस र कुखुरा सहितको टर्की पालन गरेका ब्यबसायले उदाहरण प्रस्तुत गरेको छ ।खेतीपातीका लागि चाहिने जमिनको अभाव हुदै गएपछि आय आर्जनको बैकल्पिक स्रोतका रुपमा यहाँका अगुवा ब्यबसायि पहलमान खड्काको अगुवाईमा उदयपुर जिल्लामै पहिलोपट ब्यबशायिक रुपमा सो टर्की पालन गरिएको हो ।
थोरै लगानीमा बढी आम्दानी गर्न सकिने भएपछि आर्थिक रुपमा आत्मनिर्भर बन्न सकिने भन्दै ब्यबशायीहरु हेम मगर,प्रदीप श्रेष्ठ र विपिन राउत समेतको करिव १५ लाख रुपियाँको लगानीमा सामुहिक रुपले सो पंक्षिजन्य फारम सञ्चालन गरिएको अगुवा ब्याबशायी खड्काले बताए ।सदरमुकाम आसपासका खेतीयोग्य जमिनहरु क्रमश घडेरीका रुपमा टुक्रिदै गएपछि किसान परिवारका मानिसहरुले जिविकोपार्जनका लागि थोरै लगानीमा तत्काल फाइदालिन सकिने ब्यबशायका रुपमा हाँस,कुखुरासहित टर्की पालनलाईनै आफूहरुले सामुहिक रुपमा यसबर्षदेखि ब्याबशाय गर्न शुरु गरेको अर्का ब्यबशायी प्रदीप श्रेष्ठ बताए ।
जनसंख्याको चाप सँगै स्थानीय स्तरमा बढ्दो मासुको मागलाई समेत धान्न सकिने र आफ्नो परिवारको आर्थिक गर्जाे टार्न समेत सजिलै सक्ने भएपछि ती ब्याबशायीहरुले सहकारीतामा आधारित व्यवसायीक टर्की पाल्न शुरु गरेर आय आर्जनको श्रोत पहिल्याएका हुन् ।
टर्की पालनको फारम सञ्चालन गर्नका लागि १५ लाख रुपियाँको लगानीमा खोर निर्माण,चरण क्षेत्रको ब्यबस्था,पोखरी निर्माण गरी बारहा जिल्लाको पर्वानीपुरबाट प्रतिगोटा ३५ रुपियाँका दरले टर्कीका दुई दर्जन अण्डा किनेर बिरगंजको चल्ला उत्पादन गर्ने ह्याचरी उद्योगमा लगेर चल्ला उत्पादन गरी ल्याईएको र हाल आप्mनो फारममा सातवटा पोथीसहित २२ वटा टर्की रहेको ब्यबशायी खड्काले जानकारी दिए ।
बजारमा टर्कीकोे मासु प्रति किलो दुईहजार देखि तीनहजार पाँचसय रुपियाँसम्मको दरले विक्री हुनसक्ने र स्थानीय माग पनि अत्यधिक भएकोले यसबाट राम्रै आम्दानी हुने उनले बताए । एउटा बयस्क भाले टर्की १६ किलोग्राम सम्मको हुनसक्ने र अहिले आप्mनो फारममा रहेका टर्की १० किलो भइसकेको खड्काको भनाइ छ ।
यसैगरी प्रतिगोटा ९५ रुपियाँका दरले खरिद गरी ल्याईएको एकहजार हाँस अहिले प्रतिगोटा छ सय रुपियाँका दरले बिक्रि भईरहेको र हिउदको समयमा यसको मासु राम्रो हुने गरेकोले माग अत्यधिक रहेको छ । त्यसै गरी स्थानीय(लोकल)कुखुरा समेत ठूलो सङ्ख्यामा पालेका कारण हरेकदिन हाँस र कुखुरा किन्ने ग्राहकहरु फारममा नै आउने भएकोले बजारको कुनै समस्या नभएको उनको भनाई छ ।
केही पैसाका लागि बिदेशमा गएर अनेक दुख गर्नुभन्दा स्वदेशमै बसेर ब्यबशाय गरेमा आर्थिक समस्या कहिल्यै नहुने भन्दै आपूmले पालेका टर्की लगायत हाँस र कुखुरालाई कुहिएको पाउरोटी,धान,बिस्कुट,मकै र गहु मिसाएर चारो खुवाउने गरेको र धेरैसमय चरन क्षेत्रमा नै रमाउने भएकोले झण्डै तीन बिगाहा क्षेत्रफल खोलाको बगरलाई घेरेर चरन क्षेत्र निर्माण गरिएको खड्काले बताए । – बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: बिहिबार, चैत्र २६, २०७१