आइतवार, मंसिर २४, २०८०

सामूहिक तरकारी खेतीतर्फ महिला

दाङ, २५ चैत । जिल्लाको धनौरी गाविस वडा–७ कोरबाङ्का महिला आधुनिक रूपमा सामूहिक तरकारी खेती गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन् ।दुई वर्ष पहिले सो वडाका १६ जना महिला मिलेर ‘सयपत्री कृषि पाठशाला महिला समूह’ गठन गरेर सामूहिक रूपमा बेमैसमी तथा मौसमी तरकारी खेतीमा संलग्न भएका थिए ।
तीन वर्ष पहिले सिँचाइ डिभिजन कार्यालय दाङले सो गाविसमा लाखौँ रुपैयाँको लगानीमा कोरवाङ सिँचाइ आयोजना निर्माण गरेकाले यहाँ सिँचाइ सुविधा पुगेको हो ।
सिँचाइ कार्यालयले नै यहाँका महिलालाई आधुनिक कृषि प्रणाली र बेमौसमी तरकारीखेती सम्बन्धी तालिम दिएको थियो । तालिमपछि समूह गठन गरेर चार कट्ठा जग्गा भाडामा लिएर तरकारी खेती गरेको सयपत्री कृषि पाठशाला महिला समूहकी सचिव अमिता भण्डारीले बताइन्े ।
“यो नमुना खेती भएको हुँदा अहिले नाफा नोक्सानभन्दा पनि प्रविधि र प्रयोग सिक्न अभ्यस्त छौँ” उनले भनिन् सिँचाइ सुविधा बाह्रै महिना उपलब्ध भएकाले बेमौसमी तरकारी खेतीले लाखौँ रुपैयाँ कमाउन सकिएको समूहकी सदस्य गोमा धितालले बताईन् ।

प्रकाशित मिति: बुधबार, चैत्र २५, २०७१