शुक्रबार, बैशाख ७, २०८१

अछामममा गहुँ उत्पादन वृद्धि

अछाम, २५ चैत । अछाममा १० प्रतिशतले गहुँ उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । कृषि विकास कार्यालयले गत वर्षको तुलनामा गहुँ उत्पादनमा १० प्रतिशतले वृद्धि हुने जनाएको छ । सिँचाइ नहुने जमिनमा लगाइएको गहँु बाली समय समयमा परेको पानीका कारण यो वर्ष उत्पादन राम्रो हुने कार्यालयले जनाएको छ ।
गत बर्षको तुलनामा साँफेबगर, कैलाशखोला, चाइरिरवा, बस्ती, विनायक, कुइकालिरवा, बेलखेत क्षेत्र, चाफाँमाण्डौँ, सेरा, लुङ्ग्रा, खेत गैरा, ढकारी, तृर्माखाद, नाडा, रानीवन तोसी, धामाली, बारला, कालेकाँडा, कालिकास्थानलगायत गाविसमा गहुँखेती राम्रो रहेको कार्यालयले जनाएको छ । अघिल्लो वर्ष यहाँ एक हजार ५३५ हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट २२ हजार २३५ मेट्रिक टन उत्पादन भएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत्र २५, २०७१