बुधबार, बैशाख १२, २०८१

व्यवसायिक बन्लान् नेपाली किसान

काठमाडौं, २३ चैत्र । नेपाल कृषि उपज उत्पादन गर्ने किसानहरुले कहिल्यै पनि उत्पादन लागत पाईरहेका छौं भनेर कहिल्र्यै पनि स्वीकार गरेको देखिंदैन । किसानहरु हरेक बर्ष घाटा सहेर कृषि उपज उत्पादनका लागि प्रतिवद्ध भएरलागिरहेको घटना हामी माझ ताजै छ । आखिर किन पाईरहेका छैनन् किसानहरुले लागत मूल्य भन्ने विषयमा कतै बहशको विषय पनि बन्न सकेको छैन । किसानहरुले कृषि उपज उत्पादन गर्दा लाग्ने लागत मूल्य पाउन नसक्नुको किसान स्वयं दोषी छन् कि सकारको मात्र दोष भन्ने कुरामा चर्चा चल्यो भने सरकारलाई दोष दिने परम्परा बढ्दै गईरहेका छ । जिविकोपार्जका लागि कृषि कर्म गर्ने एकथरी किसानहरु देखिन्छन् भने अर्कोरित खेती भन्दा पनि व्यवसायिक भन्नेहरुमा पनि प्रशत देखिन्छन् तर त्यसकै कारण मुलुकले भावि दिनमा ठूलो धक्का सहनुपर्ने संकेत देखिएको छ । हुन त यतिखेर भारत सरकारले ल्याएको बजेटतिर नै व्यक्तिहरुको ध्यानआकृष्ट भएको भएपनि त्यसबाट पर्न सक्दे दूरगामी असरका बारेमा पनि चिन्ता लिएको भए हुन्थ्यो होला । भारत सरकारले किसानहरुलाई ऋण सहुलिय वा अनुदान जुन किसिमले वितरण गरिरहेको छ । त्यही कारण नेपाली किसानहरु प्रत्यक्ष रुपमा प्रष्तिधर्धा गर्नु पर्नै वाध्यता आएको छ । बजेट आउनुपूर्व निकै नै सोच र विचार गरेर मात्र भारत सरकारले बजेट ल्याएको छ र आफ्ना किसानहरुलाई उचित स्याहार गर्न जानेको छ । तर नेपालको ठिक त्सको विपरित भईरहेको छ । सानाबाट ठूलोमा जानका लागि भ¥याङ्गनै दरो किसानहरुसँग छ । व्यवसायिक कृषि र किसानका नाममा चर्का नारा जति नै धन्काएपनि किसानहरुका पक्षमा नेपाल केही पनि हुन सक्दैन भन्ने कुरा विगतले नै पुष्टि गरिसकेको छ । नेपाली कृषि क्षेत्रलाई यति साँच्चै नै व्यवसायिक रुपमा अगाडि बढाउने हो भने सरकारले योजना तर्जुमा गर्दा कृषि क्षेत्रको तल्लो तहसम्मको समस्या के हो बुझ्नु जरुरी छ । समस्या समाधान गर्नतर्फ लाग्नु आवश्यक छ । आजका दिनसम्म हेर्ने हो भने व्यवसायिक कृषिका नाममा आएका बजेटहरु वास्तविक रुपमा व्यवायिक हुन सकिरहेको छैन । सरकारले जुन किसिमले आफ्ना लगानीहरुलाई ध्यान दिनु पर्ने थियो त्यत्ति पनि गर्न सकेको छैन । सरकार विशेष गरी आफूले गरेका लगानीहरुलाई दीगो रुपमा विकास गर्ने खालका योजनाहरुलाई मात्र स्वीकृत गर्नु पर्दछ ।
कृषि विकास कार्यालयहरुले गरेका युवा लक्षित कार्यक्रम होस् वा कुनै कार्य सफल बनाउने कार्यको नियमित अनुगमन हुने व्यवस्था जवसम्म हुँदैन किसानलाई म किसानहुँ भन्ने जागरण तवसम्म यस्तै रहिरहन्छ ।

प्रकाशित मिति: सोमवार, चैत्र २३, २०७१