आइतवार, जेष्ठ १३, २०८१

अहिलेको अवस्थामा प्राङ्गारिक खेतीको कल्पना गर्न सकिदैन

durga dawadiiiii
दुर्गाप्रसाद दवाडी
कार्यक्रम निर्देशकः माटो व्यवस्थापन निर्देशनालय

० घुम्ती भ्यानको प्रयोग गरी माटो परीक्षण पश्चात के परिणाम आयो ?
पाँचखाल, धादिङको दुई ठाउँ गरी अहिलेसम्म आठ ठाउँमा माटो परीक्षणको घुम्ती प्रयोगशालाले माटो प्रयोग गरेको छ । घुम्ती भ्यानको प्रयोग पकेट क्षेत्रमामा मात्र केन्द्रीत भएको हुनाले परीक्षण पश्चात आएको परिणामले अन्य साधारण ठाउँहरुभन्दा परीक्षण गरिएका क्षेत्रमा माटोको अम्लीयपना बढेको पाईयो र अरु प्राङ्गारीक पदार्थको मात्रा कम भएको पाईयो ।
० घुम्ती भ्यानद्धारा माटो जाँच गरिँदा किसानहरु त बढी नै आकर्षित भए होला ?
पकेट क्षेत्रमा मात्र आकर्षित भएका हुन् । त्यहाँ भन्दा बाहिर आकर्षित होईन । हामीले यो भन्दा अगाडि पनि माटो परिक्षण सिविर भनेर किसानहरुलाई निःशुल्क सेवा दिने कार्य गरिरहेका थियौं । पकेट क्षेत्रमा उत्पादन घट्नु माटोको कारण हो कि भनेर त्यसको माग बढेको हो । साधारण किसानहरुमा यसको पहुँच पनि पुग्दैन र माग पनि पु¥याउन सक्दैन । घुम्ती भ्यानको प्रयोग निश्चित क्षेत्रमा मात्र हुने भएकोले निश्चित पकेट क्षेत्र बाहेक अन्त गर्न सकिदैन ।
० तपाईहरुले आठ ठाउको माटो परीक्षण गर्दाको अवस्थालाई हेर्ने हो भने नेपालमा माटोको अवस्था के पाउनु भयो ?
घुम्ती शिविरको अवस्थालाई हेर्ने हो भने नेपालको माटो विग्रिएको छ भन्न मिल्दैन । नेपालको माटो राम्रो हो । माटो बिग्रिनु भनेको माटोलाई सुधार्न नसकिने होइन अलिकति ध्यान दिने हो भने त्यस माटोलाई सुधार गर्न सकिन्छ । तर कतिपय माटो सुधार गर्न नसकिने खालका हुन्छन् ती माटोलाई बिग्रिएको भनिन्छ । अन्य सुक्ष्म खाद्यतत्वहरुलाई हेर्ने हो भने त्यही अम्लीयपनको आधारमा आएकोले नमुना लिन नसक्ने अवस्था आएको त्यो पनि सुधार गर्न सकिने हो । प्राङ्गारिक पदार्थ अति कम भएको माटोमा प्राङ्गारिक पदार्थ थपेमा सुध्रने खालको माटो हो । तर यहा के छ भने माटोबाट उत्पादन चाहि लिने तर दिने काम चाहि नगर्ने भएको हुनाले केही हदसम्म बिग्रेको हुनाले विग्रिएको भन्छन् त्यो बिग्रिएको होइन माटोका लागि आवश्यक पौष्टिक तत्व थप्दै जान सकेमा स्वच्छ हुन्छ माटो बिग्रिने अवस्थानै हुँदैन ।
० नेपालमा पछिल्लो समयमा उत्पादन घट्यो त्यो चाहि माटोमा आएको अम्लीयपनकै कारणले हो भनिन्छ नि ?
नेपालमा उत्पादन घटेको माटोमा आएको अम्लीयपनको कारणले होईन तर, विभिन्न कारण मध्येको एउटा कारण अवश्य हुनसक्छ । जस्तै धान खेती माटोमा केही हदसम्म अम्लीयपन भएपनि उत्पादन हुन्छ । धानको उत्पादन नेपालमा घट्यो त्यो माटोमा आएको अम्लीयको कारण होईन । माटोमा प्राङ्गारिक तत्व कम भयो भने उत्पादन घट्छ । प्राङ्गारिक पदार्थको मात्रा माटोमा बढाउन सक्ने अवस्थामै छैनौ । किन भने नेपालमा वर्तमानको अवस्थामा हेर्ने हो भने गाई गोरु हामीले पाल्ने छोडिसकेको अवस्था छ । गाई गोरु पाल्न छोड्नु भनेको माटोमा प्राङ्गारिक पदार्थ नपुग्नु हो । आज भोलि खेतीगर्न सजिलो तरीका औजारीकरणले पाएको छ । खेतमा गोरु जेत्नु भन्दा टेूक्टरले खेत जोतिन्छ । युवा जनशक्ति विदेश पलायन हुने क्रम रोकिएको छैन । त्यसको एउटा कारण जनशक्तिको अभावपनि हो । माटोको उर्वराशक्ति बढाउनु भनेको लाइभष्टक बढाउनु सुधार गर्दै जानु पनि हो । त्यसका लागि किसानहरुलाई प्राङ्गारिक उत्पादन गर्ने बानी लगाउनु पर्ने हुन्छ ।
०पछिल्लो समयमा प्राङ्गारिक मल उत्पादनमा धेरै आकर्षण भइरहेका छन् कारण के हुनसक्छ ?
विगतको समय र अहिलेको समय अलि फरक रुपमा देखिन्छ । तटस्त रुपमा भन्नुपर्दा विगतमा मल उत्पादन गर्ने जतिपनि कारखानाहरु थिए उनीहरुले सरकारले मल किनिदिन्छ भन्ने आशाले प्राङ्गारिक मल कारखानाहरु २०६७÷०६८ सालतिर स्थापना गरे । त्यतिबेला सरकारको प्राङ्गारिक मलमा पनि अनुदान दिने नीति थियो । पछिल्लो दुई वर्ष सरकारले किनेन । सरकारले किन्ने होईन, सरकारले व्यापार गरिदिने होइन भन्नेमा हामीहरुले पनि कृषि मन्त्रालयदेखि विभिन्न ठाउहरुमा छलफल अन्र्तक्रिया गर्ने कार्यहरु भए । प्राङ्गारिक मल कारखाना सञ्चालकहरले पनि उत्पादित मल सरकारले किनि दिदो रहेनछ हामीले मलको व्यापार आफैले गर्नु पर्ने रहेछ भन्ने बुझे । जसले आपैm व्यापार नगरेर सरकारको भरमा सरकारले मल किनिदिन्छ भनेर कारखाना स्थापना गरेका थिए ती कारखानाहरु विस्तारै बन्द हुदै गए । जसले व्यापार राम्रो गरिरहेका छन् उनीहरु आकर्षित हुँदै आएका छन् ।
० आफैले मल उत्पादन गर्नु पर्छ र किसानसम्म पु¥याउनु पर्दछ भन्ने सोचका साथ यस्ता प्राङ्गारिक मल उत्पादन गर्ने कारखानारुको कति प्रतिशत जति होला ?
अहिलेको अवस्थामा भन्ने हो भने स्थापना भएका मध्ये पचास प्रतिशतको हाराहारीमा होला । विगतमा सरकारको भरमा बसिराखेका थिए भने अहिले आपैmले व्यापार गरिरेका छन् र जुन कारखाना निस्कृय भएका थिए ती कारखानाहरु पनि पुनः सक्रिय हुने अवस्थामा पुगेका छन् । अहिले आपैm लगानी गर्ने र आपैm प्रचारप्रसार व्यापार गर्ने अवस्थामा पुगेको छ । विगतका विषय कोट्याउने हो भने सरकारले प्राङ्गारिक मलमा दिएको अनुदानको सहि रुपमा सदुपयोग भएन त्यसको लाभ व्यक्ति विशेषले लियो उसैले मेशिन किनेर अर्को समुहलाई दियो । र मलको अनुदान सदुपयोग भएन भन्ने चर्चा परिचर्चा मात्र भएको हो । अनुदान दुरुपयोग मलखाद कारखानामा मात्र होइन अन्य ठाउमा पनि अनुदानको दुरुपयोग हुनसक्छ । मेशिन अन्य ठाउँमा बेचेको भने कुनै रेकर्ड छैन । पाँच वर्षको उसको अवधी पुरा भएपछि बन्द गर्न वा बेच्न सक्छ । पाँच वर्ष पछि कारखाना नचलाउनेलाई कारवाही गर्ने कुनै दायरा छैन ।
० आगामी दिनहरुमा प्राङ्गारिक खेती गर्नका लागि माटो व्यवस्थापन निर्देशनालयको भूमिका के हुन सक्छ ?
हाम्रो मुख्य भूमिका भनेको माटो परीक्षण नै हो । प्राङ्गारिक खेती भनेको सहायक भूमिका मात्र हो । प्राङ्गारिक खेतीगर्ने माटो व्यवस्थापन निर्देशनालयले भन्ने यो बुझाई नै गलत छ । प्राङ्गारिक खेतीतर्फ हाम्रो माटो जाँच र मलको सिफारिसले कति सहयोग गर्छ भन्ने हो । माटोमा प्राङ्गारिक पदार्थको दुई प्रतिशतभन्दा पनि मात्रा कम भएको देखाएपछि प्राङ्गारिक मात्रा थपियो भने त्यसले स्वतः उर्वरा शक्ति दिन्छ । प्राङ्गारिकको मात्रा माटोमा पाँच प्रतिशतभन्दा बढी भयो भने मात्र प्राङ्गारिक खेती गर्न सकिन्छ । यहा त माटोमा प्राङ्गारिकको मात्रा दुई प्रतिशत भन्दा कम छ । अथवा उनान्सय प्रतिशतमा कम प्राङ्गारिक छ त्यस्तो अवस्थामा प्राङ्गारिक खेतीको कल्पना नै गर्न सकिदैन । पाँच प्रतिशत भन्दा माथि प्राङ्गारिक पदार्थ भएको ठाउँमा प्राङ्गारिक खेती लान सक्छौ । प्राङ्गारिक खेतीलाई यस्ले केही सहयोग भने गर्छ तर प्राङ्गारिक खेती नै गर्न भने हाम्रो कार्यक्रम होइन । अहिले भने भकारो सुधार, भर्मीक कम्पोस्टका कुराहरु माटो व्यवस्थापन निर्देशनालयले राखेको हुनाले प्राङ्गारिक पदार्थ थप्न मद्दत गर्छ  । -वैकुण्ठ भण्डारी

प्रकाशित मिति: आइतवार, चैत्र २२, २०७१