शनिबार, बैशाख ८, २०८१

हावाहुरीबाट एक अर्वको आँप क्षति

mangoजनकपुरधाम, १९ चैत । गत सोमबार परेको हावा हुरीबाट धनुषा जिल्लाका आँप खेती गरिरहेका किसानहरुलाई ठूला नोक्सानी पुगेको छ । आँपको बोटमा लागेको फूलका आधारमा भारतीय व्यापारीहरुले मूल्य निर्धारण गरी ठेक्का एिका थिए । यतिखेर हावाहुरीले फूल्हरु समेत सखाप पारेपछि किसानरु चिन्तामा परेका छन् ।
हावाहुरीबाट धनुषामा २० प्रतिशत आँप क्षति भएको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ ।हावाहुरीबाट जिल्लाको उत्तरी भेग सिनुरजोडा, बननिया, गोदार, लवटोली, धनुषाधाम, लक्ष्मीनिवास, भईचक्रपुर, बटेश्वरलगायतका गाविसमा करिब २५ हजार २६० मेट्रिक टन आँप नष्ट हुँदा किसानले रु एक अर्ब मूल्य बराबरको आर्थिक नोक्सानी व्यहोनुपरेको योजना अधिकृत सुरेन्द्र गोइतले जानकारी दिएका छन् ।
यस वर्ष जिल्लामा दुई हजार २५५ हेक्टर क्षेफलमा आँप फलेकामा २७ हजार ६० मेट्रिक टन आँप उत्पादन हुने सम्भावना रहेको थियो । तर सोमबारको हावाहुरीबाट सो परिणामको आँप नष्ट हुँदा किसान आर्थिक मारमा परेका छन् । सुरुमा आँपमा अत्यधिक फूल लागेको देखेर नेपाल तथा भारतका व्यापारी किसानको घरमै पुगेर आँपको बगैँचा ठेक्कामा लिएका थिए । रु एक अर्ब ३५ करोड मूल्य बराबरको व्यापार हुने सोच बनाएका व्यापारीले हावाहुरीबाट आँप नष्ट हुँदा यस वर्षको व्यापार घाटामा जाने बताएका छन् ।
एक वर्ष बिराएर फल्ने आँपको प्राकृतिक स्वभाव भएकाले अघिल्लो वर्षभन्दा यस वर्ष ८० प्रतिशत बढी आँप फल्ने सम्भावना रहेको थियो । तर हावाहुरीले २० प्रतिशत आँप क्षति भएपछि यस वर्ष महँगोमा आँपमा बिक्री हुने किसानको भनाइ छ । जिल्लामा ३० प्रतिशतभन्दा बढी किसान आँप उत्पादन व्यवसायमा संलग्न रहँदै आएका छन् ।

प्रकाशित मिति: बिहिबार, चैत्र १९, २०७१