मङ्लबार, जेष्ठ १६, २०८०

तेलहन बाली उत्पादनमा वृद्धि

बाँके, १९ चैत । बाँके जिल्लामा यस वर्ष तेलहन बाली उत्पादनमा वृद्धि भएको पाइएको छ । मौसम अनुकूल भएका कारण तेलहन बाली उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय बाँकेले जनाएको छ । यस वर्ष जिल्लामा १९ हजार ८०० मेट्रिक टन तेलहन बाली उत्पादन भएको सो कार्यालयले जनाएको छ ।

गएको वर्ष आठ हजार १८५ मेट्रिक टन तेलहन बाली उत्पादन भएको कृषि प्रसार अधिकृत धनबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार जिल्लाको राप्तीपारि वैजापुर, विनौना, फत्तेपुर, कुसुम, कचनापुर र महादेवपुरी तेलहन बालीका पकेट क्षेत्र हुन् ।

प्रकाशित मिति: बिहिबार, चैत्र १९, २०७१