शुक्रबार, बैशाख ७, २०८१

पशु चिकित्सकहरुको आन्दोलन स्थगित

vetrrinaryकाठमाडौं, १५ चैत्र । नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ को प्रस्तावित पहिलो संशोधन मस्यौदाले चिकित्सकहरु मानमर्दन गर्न खोजेको र पशु चिकित्सकहरुलाई अपहेलित गर्न खोजिएको भन्दै नेपाल भेटेरीनरी एसोसिएसनको अगुवाईमा भएको आन्दोनलमा स्थगित भएको छ ।
कृषि मन्त्री हरिप्रसाद पराजुली सहित नेपाल भेटरीनरी एसोसिएसन, नेपाल पारा भेटेरीनरीयन एण्ड लाइभस्टक एसोसिएसनका प्रतिनिधिहरुसँग भएको छलफलबाट आन्दोलन स्थगित गर्ने निर्णय भएको कृषि विकास मन्त्रालयले जनाएको छ ।
कृषि विकास मन्त्रालयका सहायक प्रवक्ता शंकर सापकोटाका अनुसार विवाद समाधान गर्नका लागि सरोकारवालाहरु सहितको ७ सदस्यीय विवाद समाधान कार्यदल गठन भएको र सो कार्यदल संशोधन गर्न लागिएको ऐन मस्यौदाका सम्वन्धमा राय सहितको प्रतिवेदन पेश नगरेसम्मका लागि संशोधन प्रक्रिया अगाडि नबढाउने निर्णय गरिएकाले सम्पूर्ण विरोधका कार्यक्रम स्थगित भएको जनाएको छ ।-ज्ञानीमाया गलान

प्रकाशित मिति: आइतवार, चैत्र १५, २०७१