शुक्रबार, चैत्र १६, २०८०

पाराभेटको कार्यालय तोडफोड

p doorकाठमाण्डौ ,१४ चैत्र । नेपाल पाराभेटेरिनरी एण्ड लाइभस्टक एशोसियसनको केन्द्रिय कार्यालय त्रिपुरेश्वरको कार्यालयमा तोडफोड भएको छ सो कार्यालयले जनाएको छ । नेपाल पशु चिकित्सा परिषद् ऐन संशोधनको प्रक्रिया अगाडि बढिरहेका बेला एशोसिएनको कार्यालय माथि भएको तोडफोडलाई गम्भीर रुपमा लिएको सो एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका उपाध्यक्ष रामप्रसाद मेहताद्धारा जारी विज्ञप्तिमा नेपालका कृषकहरुलाई गुणस्तर सेवा लिन पाउने अधिकारबाट बञ्चित गराउने र पशु स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन नदिने षडयन्त्रका रुपमा आफूहरुको कार्यालय तोडफोड भएको जनाइएको छ ।
साथै एसोसिएशनको कार्यालयसंगै सम्पुर्ण पदाधिकारीहरुको पूर्ण सुरक्षाको प्रत्याभुत सहित दोषीमाथि कार्वाहीका लागि सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति: शनिबार, चैत्र १४, २०७१