शुक्रबार, बैशाख ७, २०८१

रसायनिक बिषादी कम गर्न गोष्ठि

उदयपुर, चैत १३ । कृषकहरुले बालीनालीमा प्रयोग गर्ने रसायनिक बिषादी आफ्नो आवश्यकतालाई बुझेर मात्र प्रयोग गर्न दिन विक्रेताहरुलाई आग्रह गरिएको छ । जिल्ला कृषि विकास कार्यालय उदयपुरको आयोजना रसायनिक बिषादीको प्रयोग र अवसर सम्बन्धी एक दिने गोष्ठीमा विषादी बिक्रेतालई आग्रह गरिएको हो ।
जिल्लाको कटारी, रामपुर ठोक्सिला, घुर्मी, नेपालटार, मुकुर्ची लगायतका बजारमा रहेर कृषकका लागि विषादी बिक्री गर्ने एग्रोभेट तथा विषादी विक्रेताका सञ्चालक सहभागी गोष्ठीमा कृषकलाई जथाभावी रुपमा बिक्री नगराउन आग्रह गरिएको छ । कतिपय एग्रोभेटका सञ्चालकले धेरै मुनाफा कमाउने उदेश्यले कृषकलाई जथाभावी विषादी प्रयोग गर्न लगाउनाले भविष्यमा त्यसले ठूलो असर पर्ने भन्दै तत्काल अत्यधिक विषादी प्रयोग नगर्न र एग्रोभेट सञ्चालकहरुले पनि सोही अनुरप किसानहरुलाई सचेत गराउन आग्रह गरिएको कृषि कार्यालयका प्रमुख पवन गिरीले बताए । प्रमुख गिरीका अनुसार कृषकको बालीमा कुन विषादीको आवाश्यकता, कति मात्रमा रहेको छ र त्यसमा कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी दिएर मात्र बिक्री गर्न एग्रोभेटका संचालकलाई आग्रह गरिसकेको बताएका छन् ।
सो गोष्ठिमा रसायनिक बिषादी छर्दा तथा प्रयोग गर्दा प्राबिधिक ज्ञानको आधारमा मात्र प्रयोग गर्नु पर्ने, बिषादीको बारेमा जानकारी लिनु पर्ने, नेपालमा भएका विषादी एवं प्रतिवन्धित विषादी र विषादीको प्रयोगबाट हुने असरहरुका बारेमा जानकारी गराईएको थियो ।  -बिदुर कटुवा बैरागी

प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७१