बुधबार, बैशाख १२, २०८१

मनाङमा ट्राउट माछापालन शुरु

machaमनाङ, १३ चैत्र । प्राकृतिक रुपमा माछा नभएको मनाङ जिल्लामा व्यवसायिक रुपमा माछापालन सुरु गरिएको छ । धारापानी गाबिस वडा नंवर ४, खोत्रोमा मनाङ रेन्वो ट्राउट माछा फार्मले १५ वटा रेस वे निर्माण गरी माछापालन सुरु गरेको हो । फार्मका प्रोप्राइटर लोकेन्द्र घलेका अनुसार हालै उक्त रेस वेमा २० हजारभन्दा बढी माछा भुरा छाडिएको छ ।

हिमाली आयोजनाको करीव ४२ लाख आर्थिक सहयोग र कृषकको करीव १७ लाख लगानीमा सो फार्मले परियोजना संचालन गरेको छ । उक्त परियोजनाको प्राबिधिक समन्वय जिल्ला कृषि विकास कार्यालयले गरीरहेको कुरा कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत डा. हरि बहादुर के. सी. ले बताएका छन् । फार्मले आगामी बर्ष देखि माछा उत्पादन गरी मनाङ र लमजुङ जिल्लाका बिभिन्न स्थानमा माछा आपूर्ति गर्ने छ ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १३, २०७१