बिहिबार, बैशाख ६, २०८१

दूग्ध उत्पादनबाट प्रशस्त नगद आम्दानी

सल्यान, १२ चैत । दुग्ध पदार्थबाट पछिल्लो समयमा किसानहरुले प्रशस्त आम्दानी लिन थाल्का देखिन्छन् । सल्लान जिल्लाको उत्तरी भेगका किसानले पनि दूग्ध उत्पादनबाट गाउँमै बसिबसि नगद आम्दानी गर्न थालेका छन् ।पुस्टकारी, छुर्पी, पनिर लगायतका दूग्ध उत्पादनबाट किसानले लाखौँ उत्पादन गर्न थालेका हुन् । किसानले डेरीमार्फत छुर्पी, पनिर र पुस्टकारी बनाउन थालेपछि कोटमौला, कोटबारा, बाफुखोला, शिवरथ, ढाकाडामका ३०० बढी किसानले मनग्य आम्दानी गर्न थालेका हुन् ।
किसानले अहिले दैनिक छ हजार लिटर दूध खपत गर्दै आएका छन् । दूग्ध वस्तुबाट बनाएको पनिर, छुर्पी र पुस्टकारी जिल्लाका विभिन्न ठाउँमा बिक्री गर्दै आएका छन् ।कोटमौला, कोटबारा, शिवरथ, बाफुखोला, ढाकाडाम र जिमाली गाविसका स्थानीय किसानले उत्पादन गरेको दूध सङ्कलन केन्द्रमा उपलब्ध गराउँदै आएका छन् । वर्षमा करिब छ हजार कमाई गर्दै आएका किसानले मासिक नौ हजार बढी कमाउने गरेका छन् ।
ढाकाडाम जिल्लाकै सबैभन्दा बढी दूध उत्पादन हुने गाविस हो । यसअघि उत्पादन भएको दूध गाउँमा बिक्री नहुँदा किसान चिन्तित थिए । उनीहरू दूध तथा दही आफैँले खान बाध्य थिए । स्थानिय टेकबहादुर खड्काका अनुसार ढाकाडाममा मात्रै दैनिक एक हजार लिटर दूध उत्पादन हुने गरेको छ ।

प्रकाशित मिति: बिहिबार, चैत्र १२, २०७१