आइतवार, फाल्गुन २०, २०८०

जनकपुरमा डेढ अर्बको आँप फल्ने अनुमान

mangoजनकपुरधाम, १२ चैत । जनकपुर जिल्लाका हरेक गाविसमा आँपका बगान प्रशस्त देख्न सकिन्छ । हरेक परिवारका आठ दश वटा आँपका बोट नभएको सायदै पाईन्छ । यतिखेर आँपका बोटहरुमा फूल (मञ्जरी)हरु लागिरहेका छन् । यही मञ्जरीका आधारमा धनुषा जिल्लामा आँपको उत्पादन बृद्धि हुने अनुमान जिल्लाका कृषि विज्ञहरुले गर्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालय धनुषाका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष किसानले दुई हजार २५५ हेक्टर बढी क्षेत्रफलमा आँप खेती गरेका छन् । यही मौसम रहिरहेमा एक अर्ब ३५ करोड ३० लाख मूल्यबराबरको २७ हजार ६० मेट्रिकटन आँप फल्ने अनुमान गरिएको छ ।  प्रतिहेक्टर १२ मेट्रिक टन उत्पादन हुने आँप गत वर्षको तुलनामा यो वर्ष १५० हेक्टरभन्दा बढी क्षेत्रफलमा रहेको देखिन्छ । धनुषामा अघिल्लो वर्ष दुई हजार १०५ हेक्टर क्षेत्रफलमा रहेको आँप पाँच हजार ४७३ मेट्रिक टन उत्पादन भएको थियो ।
गत वर्ष आँपको मञ्जरीमा मधुवा रोगको प्रकोपको कारण २० प्रतिशत मात्र आँप उत्पादन भएको थियो । यस वर्ष फूलमा कीरा नलागेको, बढी फूल लागेकाले ८० प्रतिश्तसम्म आँप उत्पादन हुने विश्वास गरिएको छ ।
गत वर्षभन्दा यस वर्ष बढी आँप फलेको कृषि कार्यालयका योजना अधिकृत सुरेन्द्र गोइतले बताएका छन् । आँपको बोटमा बढी फूल लागेको देखेर स्थानीय तथा भारतीय व्यापारी बगैँचामा नै ठेक्का लगाउन आउन थालेका छन् ।
यस व्यवसायमा करिब २५ प्रतिशत किसान संलग्न रहेको देखिन्छ । धनुषामा आँप खेतीले व्यावसायिक रूप लिन थालेपछि सरकारले अत्यधिक आँप फल्ने उत्तरी धनुषाको लवटोली, यगभूमि, गोदार, भक्तपुर, पुष्पलपुर, धनुषाधाम, लक्ष्मीनिवास, ढल्केवर, भइचक्रपुर, वेङ्गाडावर गाँउलाई पकेट क्षेत्र घोषणा गरेपछि किसान आँप खेतीतर्फ आकर्षित हँुदै गएका छन् ।
यहाँका किसानले बम्वई, माल्दवा, कलकतिया तथा बाह्रैमास फल्ने अम्रपाली, दशहरि, मलिका जातका आँप खेती गर्दै आएका छन् । उत्पादित आँप स्थानीय बजार तथा काठमाडाँै, पोखरा, नेपालगन्ज, बुटवल, भैरहवासम्म जान्छ । २५ प्रतिशत आँप छिमेकी मुलुक भारतको बजारमा जाने गरेको व्यापारीहरू बताउँछन् ।

प्रकाशित मिति: बिहिबार, चैत्र १२, २०७१