सोमवार, बैशाख ३, २०८१

उखु किसान नाङ्गै सडकमा उत्रिए

ukhu1परासी, १२ चैत । नवलपरासीका उखु किसानहरुले उखुको भुक्तानी नपाएपछि अर्धनग्न भएर जुलुस प्रदर्शन गरेका छन् ।गत वर्षको मूल्य कायम गरी भुक्तानी पाउनुपर्ने माग राख्दै किसानले चिनी कारखानाबाट पाउनुपर्ने बक्यौता तत्काल पाउनुपर्ने माग राख्दै प्रर्दशन गरेका हुन् । किसानले यस वर्ष उखुको सिजन सकिसक्दा पनि मूल्य निर्धारण हुननसक्दा पेस्की रकमसमेत पाउन सकेका छैनन् । उखुको मूख्य सिजन सकिदापनि भुक्तानी नपाएपछि भुक्तानीको माग गर्दै किसानहरुले अर्धनग्न जुलुससहित जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । उखुखेतीको रुपमा चिनिदै आएको जिल्लाको गण्डक क्षेत्रमा अहिले किसानहरु उखुको उचित मुल्य र भुक्तानी नपाएर समस्यामा परेका छन् ।

उखु पिडितहरुले सरकारसंग मुलुकलाई चिनिमा आत्म निर्भर बनाउन उखु खेतिलाई प्रबर्धन, उखुलाई राष्टियबालीको रुपमा घोषणा गर्नु पर्ने, उखुजन्य उद्योगमा रोजगारी बृद्धि गरी किसानका छोरा छोरीलाई रोजगारी दिनु पर्न, लगायतका माग राख्दै जुलूस प्रर्दशन गर्दै प्रशासनमा ज्ञापनपत्र बुझएका हुन् ।
गण्डक क्षेत्रमा उखु उत्पादनबाट राष्ट्रलाई चिनिमा आत्मनिर्भर बनाउन यस क्षेत्रमा ४ वटा ठुला चिनी क्रसर उद्योग हरु स्थापना भएका छन् तर चिनि मिलहरुले उखुको भुक्तानी नदिदा कृषकहरु उखु खेती छाडन बाध्य भएका छन् ।
विगतका वर्षहरुमा ४२ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको थियो तर उचित मुल्य नतोकिदा र चिनीमिलहरुले समयमै भुक्तानी नदिदा किसानहरु उखु खेती छाडदै अहिले उखु उत्पादन २१ लाख क्विन्टलमा झरेको छ । जिल्लामा उत्पादन भएको अनुमान गरिएको २५ लाख क्विन्टल उखुमध्ये २२ लाख क्विन्टल किसानले चिनी मिलमा क्रसिङका लागि दिएका छन् ।  गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल रु ४७६ निर्धारण गरिएको थियो ।

प्रकाशित मिति: बिहिबार, चैत्र १२, २०७१