शुक्रबार, बैशाख ७, २०८१

मुस्ताङ्गबाट बीस लाखको ओखर निर्यात

मुस्ताङ, ११ चैत । हिमाली जिल्ला मुस्ताङबाट यो सिजनमा २० लाख रुपैयाँको ओखर निर्यात भएको छ । जिल्लाको कोबाङ र टुकुचे गाविसबाट २०० किलो ओखर निर्यात भएको वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिएका छन् ।

“उत्पादन भएको मध्ये ९५ प्रतिशत जिल्ला बाहिर निर्यात हुन्छ” अधिकृत अधिकारीले बताए । जिल्लाबाट म्याग्दी, पर्वत, बागलुङ, कास्कीको पोखरा र काठमाडौँलगायतका क्षेत्रमा ओखर निर्यात भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कोबाङमा व्यक्तिगत र टुकुचेमा सहकारीमार्फत ओखरखेती भइरहेको छ ।
तल्लो मुस्ताङको लेते, कुञ्जो, मार्फा र मुक्तिनाथ क्षेत्रमा पनि ओखरखेती विस्तार गरिएको छ । ओखरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत्र ११, २०७१