आइतवार, जेष्ठ १३, २०८१

नेपालको व्यापार घाटालाई कृषि क्षेत्रले नै न्यूनिकरण गर्दछ

utaam

उत्तमकुमार भट्टराई
सचिव
कृषि विकास मन्त्रालय

० कृषि विकास मन्त्रालयमा सचिव भएर आउनु भएको छ के नयाँ योजना ल्याउनु भएको छ त ?
मैले सचिवको जिम्मेवारीसँग यो देशको आवश्यकता अनुसार मुख्य दुईवटा कुरालाई प्राथमिकतामा राखेको छु । पहिलो कुरा नेपाली जनताको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गर्नु पर्ने, खाद्य पोषण सुरक्षा भनेको नेपाली जनताको स्वास्थ्यलाई सुरक्षित बनाई राख्ने हो । र दोस्रो भनेको कृषिको व्यवसायिकरण, औद्योगिकरण गरेर अहिले भईरहेको व्यापार घाटालाई घटाउने । नेपालको बढिरहेको व्यापार घाटालाई कृषि क्षेत्रले धेरैनै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कृषिमा आधारित उद्योगहरु प्रशस्त मात्रामा ल्याउनका लागि गुणस्तरीय कृषि उपज उत्पादन गर्नु पर्दछ । गुणस्तरीय उत्पादन गर्न सके उद्योगहरुले पनि गुणस्तरीय उत्पादन दिन सक्ने भएकाले र यसबाट मात्र मूल्य श्रृखला परिवर्तन गर्न सकिन्छ । अहिलेको हाम्रो चुनौती भनेको गुणस्तरीय कृषि उपज उत्पादन गर्नु नै हो । गुणस्तरीय उत्पादन गर्न सकिए मात्र औद्योगिकरण गर्न सकिन्छ र औद्योगिकरण गर्न सक्यो भने मात्र आयात प्रतिष्थापन गरेर निर्यात गर्न सकिन्छ । कृषिमा परिवर्तन ल्याउनका लागि धेरै कुरा नै गर्नु पर्दैन । कृषिको व्यवसायिकरण र त्यसको माध्यमबाट औद्योगिकरण गर्ने हो नै हो ।
० कृषिलाई औद्योगिकरण गर्ने त भन्नु भो तर युवाजनशक्ति त अधिकांश विदेशिएका छन् त ?
हरेक बर्ष ४ लाखको हाराहारीमा युवाहरु वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । विदेशिएका युवाहरुलाई विदेशमा गएर कमाएजति नै नेपालमा नै बसेर कमाउन सकिने क्षेत्र कृषि नै हो नेपालमै कृषिमा संलग्न रहेर प्रशस्त आय आर्जन गर्न सकिन्छ भन्ने सोच परिवर्तन गरी युवाहरुलाई कृषिमा नै उपयोग गर्ने मैले प्राथमिकतामा राखेको छु । जसका लागि मल बीउको सहजता गर्नु आवश्यक छ ।
० यसको मतलव बीउ र मल जनताले सहज पाएका छैनन् ?
होइन पछिल्ला बर्षहरुबाट जनताले मल सहज रुपमा पाएका छन् । तीन चार बर्ष अगाडि मलको जुन समस्या हुन्थ्यो त्यो अहिले छैन । म यही मन्त्रालयमा सहसचिव हुँदा म आफै मल वीउ हेर्ने महाशाखामा थिए । किसानहरुलाई मल बीउ सहज बनाउन धेरै मेहनत र प्रयास गरिए । त्यसकै कारण अहिले मल बीउको अभाव छैन, वितरण प्रणाली चुस्त र दुरुस्त छ । दुईवटा संस्थाले मल वितरण गरिरहेका छन् । अझै पनि मल पुगेको छैन । जिल्ला जिल्लाबाट आएको मागलाई हेर्ने हो भने ७ लाख मेटिूकटन मल आवश्यक पर्दछ । मेरो सोच भन्नु हुन्छ भने व्यवसायिक रुपमा उत्पादन हुने उखु, चिया, कफी वा अर्को कुनै क्षेत्रले मलको माग गरेको खण्डमा त्यसलाई पनि अनुदानको मल दिनु पर्दछ यदि साँच्चै कृषिको विकास गर्ने हो भने । अहिले त हामीले खाद्य पोषण सुरक्षको समाधान गर्नका लागि खाद्य उत्पादनका लागि प्रयोग हुनेमा मात्र अनुदानको मल वितरण गरिरहेका छौं ।
० मलमा अनुदानको कुरा गर्नु भो तर प्रांगारिक मलमा दिएको अनुदान त दुरुपयोग भएको छ नि ?
रासायनिक मल मात्र प्रयोग गर्दा माटो विग्रने भएकाले रासायनिकसँगै प्रांगारिक मल पनि प्रयोग गर्दै गयो भने माटोको स्वास्थ्य पनि विग्रँदैन र उत्पादन पनि बढ्छ भन्ने सोचले प्रांगारिक मललाई पनि अनुदान दिएका हौं । रासायनिक मल जुन मात्रामा हामीले अनुदान दिएर बढाईरहेका छौं त्यसलाई केही न्यूनिकरण गर्न सकिन्छ भन्ने सोचले प्रांगारिक मललाई पनि प्रवद्र्धन गर्न अनुदानको व्यवस्था गरेका हौं । त्यो अनुदान दुरुपयोग भएको कुरा मैले पनि सुनेको छु । त्यसलाई व्यवस्थित गर्नु पनि हाम्रो दायित्व भएकोले त्यसलाई व्यवस्थित गर्न तर्फ लागिन्छ ।
० त्यसो भए मल र बीउको अनुदानलाई व्यवस्थित र सरलीकृत गर्ने काम हुन्छ ?
त्यसो गरिएन भने यो देशको कृषिले विकास गर्न सक्दैन त्यसकारण मेरो जोड त्यसमा नै हुन्छ । मलखाद र बीउलाई सरलीकृत र सहजीकरण गर्न सकेनौ भने कृषि उपज उत्पादनमा हामी धेरै नै पछाडि धकेलिन्छौं । त्यसकारण पनि विविध किसिमका गुणस्तरीय बीउ ल्याउने र उत्पादनबृद्धि गर्ने तर्फ लाग्नु अत्यन्तै आवश्यक छ ।
० खाद्य सुरक्षासँगै हामी व्यवसायिकताका कुरा गर्दै छौं तर त्यो सम्भव छैन कि भन्ने शंका उब्जन थालेको छ नि ?
यो कुरा सहि नै हो हामी प्रतिष्पर्धी हुन सक्नु पर्दछ र मात्र हामी व्यवसायिकतातिर अगाडि बढ्न सक्छौं । अहिले हाम्रा छिमेकी राष्टूहरुको भन्दा हाम्रो कृषि क्षेत्रमा लागत मूल्य बृद्धि भई नै रहेको छ । त्यसकारण कसरी हाम्रो उत्पादन लागत कसरी घटाउन सकिन्छ भन्ने तर्फ हामी लाग्छौं । हाम्रा अनुसन्धान अनुसन्धानका लागि मात्र भए प्रतिष्पर्धात्मक रुपमा जान सक्ने कारणहरुको पनि अनुसन्धान गर्नु पर्दछ । जवसम्म हाम्रा उत्पादनको माग भईरहेको अवस्थामा पनि विदेशी बजारमा गुणस्तरीयता, मूल्य सहित प्रतिष्पर्धी हुँदैनन् तवसम्म हामी अगाडि बढ्न नसक्ने भएकाले विदेशीहरु सिकेर प्रतिष्पर्धामा जान सक्नु हाम्रो लागि चुनौती हो त्यसका लागि हामी तयार छौं । किसानहरुले धेरै कुरा खोजेका नै छैनन् । मल बीउमा सहरलीकृत, र कृषि उपजको बजारीकरण  । त्यसका लागि म तत्पर छु । कृषि उत्पादन गर्न तर्फ लाग्नु भएका किसानहरुका लागि आवश्यक मल बीउ समयमा र न्यूनतम मूल्यमा पु¥याउने, उत्पादित कृषि उपजहरुको बजारीकरणका लागि खेतमा नै गएर खरिद गर्न सक्ने अवस्थाको श्रृजना कसरी गर्न सकिन्छ भन्ने ध्येय हाम्रो हुनेछ । यी लगायत बीमा कार्यान्वय लगायतका कुरालाई प्याकेजमा लैजान सक्यो भने किसानहरु आकर्षित हुन्छन्, कृषि उपज उत्पादनको बृद्धि हुन्छ र मात्र देशको उन्नति प्रगति हुन्छ भन्ने लाग्छ । – वैकुण्ठ भण्डारी 

प्रकाशित मिति: आइतवार, चैत्र ८, २०७१