शनिबार, बैशाख ८, २०८१

अदुवा विक्रि नहुँदा कृषकका घरमा खाद्यन्न संकट

aduwaउदयपुर,  चैत्र । उदयपुरको ग्राणिम क्षेत्रमा कृषकले नगदेबालिको रुपमा लगाउँदै आएको मसला जन्य अदुवा यस वर्ष विक्रि नहुँदा कृषक समस्यामा परेका छन् । गएको वर्षमा अदुवाले राम्रो मुल्य पाएपछि यस वर्ष पनि दोव्बर आम्दामी हुने आशामा बढीनै अदुवा खेती गरेका जिल्लामा समस्यमा परेका हुन ।
गएको वर्ष प्रतिकिलोग्राम एकसय ५० देखि दुई रुपैयाँसम्म बिक्रि भएको अदुवा अहिले ३० देखि ५० रुपैँयासमेत बिक्रि नभएपछि कृषकले ठूलो घाटा बेहोर्नु परेको अगुवा कृषकहरुले गुनासो गर्दै आएका छन् । गएको साल अदुवाले राम्रो मुल्य पाएकाले यस बर्ष पनि राम्रै मुल्य आउने आशामा अन्य खेती छाडरे अदुवा मात्र उत्पादनमा मात्र लागेकोका कृषकहरु विक्री नभएपछि समस्यमा परेको गाँउ विकास समिति हर्देनी ४ गहुँबारीका कृषक अर्जुन राउतले बताए । उनले सारा गाँउनै अदुवा खेतीमा लागेको बताँउदै विक्री नभएपछि अधिकाँश कृषकलाई खाद्यन्नसमेत संटक आएको राउतको भनाई छ ।
दसैँ तिहार आसपासमा बुढी अदुवा खनेर बिक्री गरेका कृषकहरुले यस वर्ष नयाँ अदुवा विक्रीको लागि व्यापारी खोज्दा समेत नआएकाले अदुवा मात्र खेति गर्ने कृषका परिवार खान्द्यन्नको संकट आएको मयाँङखुका स्थानीय शिक्षक तोबबहादुर श्रेष्ठले जानकारी दिए । खाद्यन्न वाली उत्पादन गर्ने जग्गामा अदुवा मात्र लगाएका कृषकलाई अदुवानै बिक्री नभएपछि समस्या सिर्जाना भएको शिक्षक श्रेष्ठले बताए । अदुवा बेचेरै छोराछोरीको पढाई खर्च, नुनतेला, चामलदेखि सारा घरयासी समस्याको समाधान गर्ने आम्दामीको स्रोत बनेको अदुवानै विक्री नभएपछि परिवार चालाउन समस्या परेको हर्देनीका किङरिङ मगरको पीडा रहेको छ । उनले वर्षदिन खान पुग्ने जग्गामा अदुवा मात्र लगाएकोले समस्या परेको गुनासो गरेका छन् ।
जिल्लाको हर्देन, मयाँखु, लेखानी, सिरिसिे, सोरुङ छविसे, लिम्पाटार, ओख्ले, पञ्चावती, रौता, खाँबु, जाल्पा चिलाउने, साउने लगायतका दुई दर्जनभन्दा बढी गाविसका कृषहरुले अदुवा खेती गर्ने गरेको जिल्ला कृषि विकास कार्यालय उदयपुरका बालिविकास अधिकृत रामसेवक ठाकुरले बताए । उनले गएको आर्थिक वर्ष ०७०÷०७१ मा एकसय १० हेक्टर क्षेत्रफलमा एकहजार छसय ७२ मेट्रिकटन उत्पादन भएको भन्दै हाल यसको दोव्वरमा भएको जानकारी दिए ।
केही वर्षदेखि न्युनतम रुपमा आम्दामी गर्ने सामान्य परिवारले पाँचलाखदेखि २० लाखभन्दा बढीको आम्दामी अदुवाबाट गर्ने कृषक यस वर्ष पीडामा परेको राष्ट्रि कृषक समूह महासंघ नेपाल उदयपुरका सचिव कुशल राउतले बताए । उनले गएको वर्ष राम्रो मुल्य अदुवाले पाएपछि यस वर्ष दोव्वर आम्दामी गर्ने कृषकहरु हौसिएकोले ठूलो रुपमा घाटा व्याहोर्नु परेको जानकारी समेत दिए ।। यसबर्ष भारतमै अदुवाको भाउ राम्रो नभएकाले नेपालमा पनि अदुवाको भाउमा ठूलो गिरावट आएपछि किसानहरुले अदुवा खन्नै छाडेको, खनेको पनि पुन रोप्ने थालेको केही वर्षबाट अदुवाको व्यवसाय गर्दै आएका बाबुराम श्रेष्ठले बताए । श्रेष्ठले जिल्लामा उत्पादित अदुवा बैङ्गलोर लगायतका दक्षिणी भारततर्फ जाने गरेपनि स्थानीय उत्पादनकै कारण नेपाली अदुवाको माग कम भएको व्यापारीहरुको भनाई छ । बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: आइतवार, चैत्र ८, २०७१