आइतवार, मंसिर २४, २०८०

पाँच बर्षभित्र मासुमा आत्मनिर्भर बन्ने मन्त्रीको उदघोष

manti parajuliकाठमाडौं, ४ चैत्र । कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले पाँच बर्षभित्र मुलुकलाई मासुमा आत्मनिर्भर बनाउने तर्फ मन्त्रालयले आफ्ना योजना तथा कार्यक्रमहरु अगाडि सारेको बताएका छन् । पशु सेवा विभाग, हेफर इन्टरनेशनल नेपाल र नार्कको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित खाद्य सुरक्षा तथा आर्थिक समृद्धिका लागि दिगो बाख्रा व्यवसाय विषयक दोस्रो राष्ट्रिय कार्यशाला गोष्ठिको उद्घाटन गर्दै मन्त्री पराजुलीले सो कुरा बताएका हुन् । मासुजन्य बस्तुमा आत्मनिर्भर बन्नका लागि पशुपालन व्यवसायमा संलग्न रहेको किसान, कृषि सहकारी, कृषक समूहलाई समेट समेटी योजना बनाईरहेको समेत मन्त्री पराजुलीले बताएका छन् ।
कार्यक्रमका कृषि सचिव उत्तमकुमार भट्टराईले परम्पराग रुपमा गरिने पशुपालन व्यवसायलाई परिवर्तन गर्दै व्यवसायिक बनाउने तर्फ अगाडि बढ्नु पर्ने भन्दै बाख्रा पालन व्यवसायलाई सुधार गदै स्तरउन्नती गर्नु बताएका थिए । कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमीले पशु पालन व्यवसाय फस्टाउँदै गईरहेको परिप्रेक्ष्यमा राज्यको तर्फबाट विशेष गरी मासुजन्य पशुपालनका लागि विशेष सहयोग गरिरहेको बताउँदै युवा लक्षित कार्यक्रम मार्फत मासुजन्य व्यवसायलाई प्रवद्र्धन गर्नका लागि पनि बाख्रा पालन व्यवसायलाई विशेष महत्व दिईरहेको बताएका थिए ।
नेपालको कृषि व्यवसायको महत्वपूर्ण र ग्रामिण भेगमा लोकप्रिय व्यवसायमा रुपमा बाखा्रपालन व्यवसाय फस्टाउँदै गएको सन्दर्भमा यो कार्यशालाले बाख्रापालन व्यवसायलाई मर्यादित र व्यवसायिक बनाउन महत्वपूर्ण योगदान दिने बताइएको छ ।
कार्यक्रमका बारेमा जानकारी दिँदै पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. विमलकुमार निर्मलले नेपालको कुल मासु उत्पादनको करीव २० प्रतिशत स्थान खसी बोका तथा बाख्राले ओगटेको बताए । कार्यशालाले व्यवसायिक वाख्रापालनको प्रवद्र्धनले वातावरण प्रवद्र्धनमा ठुलो सहयोग पु¥याउछ भन्दै डा निर्मलले मध्य र सुदुर पश्चिमका क्षेत्रलाई बाख्रा उत्पादनको हवको रुपमा विकास गर्न सकिने प्रचुर संभावना रहेको समेत बताए । – स्वस्ती पौडेल

प्रकाशित मिति: बुधबार, चैत्र ४, २०७१