आइतवार, जेष्ठ १३, २०८१

तरकारीलाई विषादी मुक्त गराउन अभियान

काभ्रे, ४ चैत । तरकारीखेतीमा अब्बल मानिएको पाँचखालको तरकारीलाई विषादी मुक्त गराउन अभियान थालिने भएको छ ।जिल्लाको जनगालमा रहेको आशिका बहु प्रविधि तालिम केन्द्रले ‘पाँचखाललाई विषादी मुक्त बनाऔं’ अभियान सुरु गर्ने भएको हो । उक्त केन्द्रले पाँचखालका अगुवा कृषक, स्थानीय बिषादी बिक्रेता, राजनीतिक दल, कृषि कार्यालय र सरोकार राख्ने निकायसँग अन्तत्र्रिmया गर्ने भएको छ ।

तालिम केन्द्रका ज्ञानेन्द्र दाहालका अनुसार रासायनिक मल तथा विषादी प्रयोगलाई निरुत्साहित गर्दै प्राङ्गारिक, जैविक मल तथा विषादी प्रयोग न्यून गर्न जोड दिइने छ । कृषकलाई प्राङ्गारिक मल, जैविक मल तथा विषादी प्रयोग गर्ने तरिका सिकाइने उहाँको भनाई छ ।
गत भदौ महिनामा स्थानीय कृषकले उत्पादन गरेका तरकारीका नमुना परिक्षण गर्दा हरूमा कार्वामेट्स र अर्गानोफस्फेट बिषादीको मात्रा कम भेटिएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ । उक्त कार्यालयको पहलमा पाँचखालबाट सङ्कलन भएको तरकारी, बाली संरक्षण निर्देशनालय विषादी द्रुत विश्लेषण एकाई कालिमाटीले परीक्षण गरेको थियो ।

प्रकाशित मिति: बुधबार, चैत्र ४, २०७१