बुधबार, बैशाख १२, २०८१

सचिव भट्टराईले सम्हाले कृषि विकास मन्त्रालय

uttam-kumarकाठमाडौ, ३ चैत्र । अघिल्लो साता मन्त्रीपरिषद्ले गरेको निर्णय अनुरुप कृषि विकास मन्त्रालयको सचिव पदमा उद्योग मन्त्रालयबाट सरुवा भएर आएका सचिव उत्तमकुमार भट्टराईले सोमबार आफ्नो पद सम्हालेका छन् । कृषि विकास मन्त्रालयमा करिव १० बर्षसम्म काम गरिसकेका भट्टराई १० बर्ष अगाडि कृषि विकास मन्त्रालयको सहसचिव पदमा खुल्ला प्रतिष्पर्धाबाट छड्के प्रवेश गरेका हुन् । १० बर्ष कृषि विकास मन्त्रालय मातहत सहसचिवमा कार्यरत भट्टराईलाई २०७१ साल श्रावण २३ गतेको मन्त्रीपरिषद्ले सचिवमा बढुवा गरे लगत्तै उद्योग मन्त्रालयमा पदस्थाना गरिएको थियो ।
कृषि विकास मन्त्रालयमा सचिव पदमा सम्हाल्दै मन्त्रालयद्धारा आयोजित स्वागत कार्यक्रमलाई सम्वोधन गर्दै उनले कृषिमा व्यवसायिकरण र औधोगिकीकरण नगरेसम्म नेपाली कृषि क्षेत्रको विकास हुन नसक्ने बताए । मन्त्रालय मातहतका कर्मचारीहरुलाई निर्देशन दिँदै सचिव भट्टराईले खाद्य पोषणको प्रत्याभूति गर्नु अहिलेको चुनौती कृषि विकास मन्त्रालयको काँधमा रहेकाले सोही अनुरुप काम गर्न कर्मचारीलाई आग्रह समेत गरेका छन् ।
कृषि प्रधान देश भनेपनि पछिल्लो समयमा कृषि उपजहरु आयात गर्नु पर्ने कुरा कोट्याउँदै सचिव भट्टराईले जवसम्म कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्न सकिँदैन तवसम्म कृषि क्षेत्रको विकास हुन नसक्ने दावी समेत गरेका छन् । परम्परागत रुपमा गरिँदै आएको कृषि प्रणालीलाई विस्तारै खाद्य सुरक्षालाई समेत मध्यनजर गदै व्यवसायिकता तिर लम्कनु पर्ने बताए । किसानलाई उन्नन बीउ र मलको सहजीकरण नगरेसम्म किसान माथि उठ्न नसक्ने भन्दै त्यसका लागि आफू प्रतिवद्ध रहेको समेत बताए ।

प्रकाशित मिति: मङ्लबार, चैत्र ३, २०७१