गाईघाट, ३ चैत्र । कृषक, कृषक समूहको अधिकार र सरकारी सेवा, सुविधा सुनिश्चितताका लागि चारदिने तालिम सोमबारदेखि सुरु भएको छ । ‘कृषक समूहको सरोकार, संगठनको मुल आधार’ भन्ने नाराका साथ नेतृत्वको विकास तथा सुशासनसम्बन्धी तालिम केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा गाईघाटमा सूरु भएको हो ।
विहिबारसम्म सञ्चालन हुने तालिमा कृषि उत्पादन एवं उत्पादकत्व बढाउने, व्यवसायिक तथा प्रतिस्पर्धात्मक कृषि प्रणालीका आधारहरुको विकास गरी क्षेत्रीय र विश्व बजारसँग प्रतिस्पर्धात्मक गर्ने विधि, प्राकृतिक श्रोत, वातावरण र जैविक विविधताको संरक्षण, संवद्र्धन एवं सदुपयोग गर्न कृषकलाई सचेत गराउने महासंघ उदयपुरका सचिव कुशल राउतले बताए । राउतका अनुसार महासंघको कर्तब्य र अधिकार, आवश्यकता अनुसार समिति, उपसमिति र सल्लाहकार समितिका गठन गर्नु, राष्ट्रिय महासंघ र जिल्ला महासंघ विचको समन्वयगरी पुलको भूमिका निभाउन सरोकारवाला निकायहरुसँंग सम्पर्क समन्वय, सहकार्य गर्ने लगायतका विविध विषयमा महासंघका अगुवा कृषकलाई जानकारी गराईने छ । त्यसगरीकृषकका समस्या तथा सवाल पहिचान गरी वकालत÷पैरवी गर्न, कृषि सेवा केन्द्र र कृषक समूह विच समन्वयत्मक भूमिका निमार्ण गर्न, आवश्यकता अनुसार संगठन नियामावली, आर्थिक प्रशासानिक नियामावली र अन्य आवश्यक नियामावलीहरु बनाई लागु गर्ने, संशोधन गर्ने वा खारेज गर्ने । महासंघको विधान, रणनीति, कार्यनीति कृषिसंग सम्बन्धित सार्वजनिक महत्वका विषयहरुमा महासंघको अवधारणाको बारेमा प्रष्ट पारिने सचिव राउतको भनाई छ ।
जिल्ला महासंघका अध्यक्ष सोमबहादुर दनुवारको साभापतित्वमा सम्पन्न भएको उक्त तालिमा महासंघका केन्द्रीय सचिव रामहरी शर्मा लगायतका जिल्ला कृषि विकास कार्यालय, जिबिस, जिल्ला पशु कार्यालयका प्राविधिकहरुद्वारा प्रशिक्षण दिन भएको आयोजकले जनाएको छ ।
हर्देनी, लेखानी, तपेश्वरी, मैनामैनी, बबला, साउने, जाल्पा चिलाउने, जोगिदह, हडिया, रामपुर ठोक्सिला गाँउ विकास समिति र कटारी नगरपालिका लगायतका दुई दर्जन भन्दा बढी अगुवा कृषहरुले भाग लिएको आयोजनकको भनाई छ । तालिम पहिलो दिन सरकारी सेवा सुविधाको बारेमा जानकारी पाईको सहभागी कृषक पदम कार्कीले बताए । उनले तालिम धेरे महत्पुर्ण महशुस गरेको बताउँदै कृषकहरुले पाउने सरकारी सेवा कसरी, कहाँ, कोबाट पाईने भन्ने लगायतको जानकारी भएको बताए । विहिबारसम्म संचालन हुने तालिममले आफुरुमा धेरै नजानेको कुराहरुको जानकारी हुने विश्वास रहेको अर्का सहभागी ईन्दिरा भुजेलले बताइन । – बिदुर कटुवाल बैरागी
Add Comment