आइतवार, मंसिर १७, २०८०

तरकारी खेती तालिम सुरु

दोलखा, २ चैत्र । दोलखा सदरमुकाम चरिकोटमा जिल्ला स्तरिय व्यवसायीक तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु भएको छ । जिल्ला कृषि विकास कार्यालय दोलखाले आयोजना गरेको तालिममा युवा लक्षित कार्यक्रम अन्र्तगत अनुदान पाएका व्यवसायीका लागी आयोजना गरिएको तालिममा २० जनाको सहभागीता रहेको छ ।
तालिममा तरकारी उत्पादन, तरकारी खेति गर्दा आउने समस्या, बजारिकरणका उपाय लगायतका बारेमा जानकारी गराइने बाली संरक्षण अधिकृत होम बहादुर बिकले जानकारी दिएका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र २, २०७१