शुक्रबार, चैत्र १६, २०८०

चैत्र ७ देखि पुष्प मेला

काठमाडौँ, २ चैत । काठमाडौँको भृकुटीमण्डपमा पुष्प प्रदर्शनी तथा व्यापार मेलाको आयोजना हुने भएको छ ।  पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले कृषि विकास मन्त्रालय र फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को संयुक्त आयोजनामा उक्त प्रदर्शनी हुन लागेको हो ।
आगामी चैत ७ देखि १० गतेसम्म आयोजना हुने सो मेलामा व्यावसायिक ६५, सूचनामूलक १०, प्रतिस्पर्धात्मक प्रदर्शनी तीन गरी कुल ७८ वटा प्रदर्शनी कक्ष समावेश गरिने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष लोकनाथ गैरले बताए ।
‘स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ प्रारम्भ हुने उक्त १८औँ व्यापार मेलाको कृषि मन्त्री हरिप्रसाद पराजुलीले चैत १० गते भृकुटीमण्डपमा उद्घाटन गर्नेछ् । प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका आलङ्कारिक पूmल बिरुवा प्रदर्शनी तथा बिक्री वितरण गरिनुका साथै बिरुवालाई आवश्यक पर्ने मल तथा सजावटका सामग्रीको समेत प्रदर्शनी तथा बिक्री गरिने आयोजकले बताएको छ ।  हाल नेपालको ३८ जिल्लामा व्यावसायिक रूपले १४१ हेक्टर जमिनमा फूल खेती हुँदै आएको छ ।

प्रकाशित मिति: सोमवार, चैत्र २, २०७१