शुक्रबार, बैशाख ७, २०८१

कहिले तोकिन्छ उखुको मूल्य

sugger acnकाठमाडौं १ चैत्र । हरेक बर्ष उखुको मूल्यमा हुने विवाद यो वर्ष पनि अछुतो रहन सकेन । उखु किसानहरुले लागत मूल्य बृद्धि भएकाले उखुको मूल्य वृद्धिको माग गर्दैै चरणवद्ध आन्दोलन पनि गरे । चिनी कारखानाका मालिक, उखु किसानका प्रतिनिधिहरु र सरकारका प्रतिनिधिवीचमा पटक–पटक वार्ता पनि भए तर पनि किसानहरुले उखुको उचित मूल्य अहिलेसम्म पाएका छ्रैनन् ।

उखु उत्पादन गर्ने किसानहरुका लागि दीर्घकालिन सोच लिएर उखुको मूल्यमा वैज्ञानिक किसिमले मूल्य तोक्ने हो भने हरेक बर्ष यो समस्याले सताउने थिएन होला । सायद उखुको मूल्य तोक्ने समितिमा बस्नेहरु किसान भन्दा पनि उद्योगीहरुको पक्षमा देखिएका कारण पनि हालसम्म किसानले उखुको मूल्य पाउन सकेका छैनन् ।
सहमति एउटा हुने तर व्यवहारमा अर्कै हुने गरेकाले पनि हरेक बर्ष यो समस्याले गा“जेको छ । हुन त किसान तथा उद्योगी दुवैलाई मर्का नपर्ने गरी उखुको मूल्य तोक्न व्यवस्थापिका संसदको कृषि तथा जलस्रोत समितिले उद्योग मन्त्रालयलाई निर्देशन दिएको भएपनि अहिलेसम्म काम सम्पन्न गर्न सकेको देखिंदैन । किसानहरुले कति रुपैया“मा उखु बेच्ने भन्ने अन्योलता अझैपनि बा“की छ । उद्योगीहरुले गतबर्षको बा“की वक्यौदा समेत बुझाएका छैनन् । जुन कारण किसानहरु अझै पनि विश्वस्त हुन सकेका छैनन् । उद्योग मन्त्रालय किसानहरुको उखुको मूल्य प्रति क्विन्टल ६ सय ११ तोकिसकेको सोही अनुरुप हुने बताईरहेको छ तर, उद्योगीहरु कुनै हालतमा पनि ४ सय ११ रुपैया“ भन्दा बढी दिने सोचमा छैनन् । जसका कारण किसानका खेतमा उखु सुक्न थालिसकेका छन् । उखु सुकेपछि तौल कम हुने भएकाले पनि किसानहरु मारमा परिरहेका छन् । कतिपय उखु किसानहरुले उखु काटेर भारत तर्फ सस्तो मूल्यमा बेच्नु परेको वाध्यता छ भने कतिपयले बरु खेतमा नै उखु सुकेपनि लागत मूल्य नआएसम्म उखु नकाट्ने अडानमा बसिरहेका छन् । चिनीको मूल्य तोक्ने जिम्मेवारी पाएको उद्योग मन्त्रालयले यतिखेरसम्म पनि उखुको मूल्यको बारेमा प्रष्ट पार्न नसक्दा किसानहरु बिचल्लीमा पर्न लागेका छन् । खेतमा नै उखु सुक्न थालेपछि बर्षभरिको मेहनत खेर जान लागेको भन्दै उखु किसानहरु अर्को बर्ष उखु होइन बरु गा“जा रोप्छौं भन्दै आफ्नो पीडा पोख्न थालेका छन् ।
किसानहरु नेतृत्व गर्नेहरुले किसानका पक्षमा वकालत गर्न नसक्दा उखु किसानहरु हैरानीमा परेका छन् । उद्योगीहरु पनि जति सक्दो समय लम्ब्याउन सक्यो भने किसानका खेतमा नै उखु सुक्ने र आफ्नो स्वार्थ बमोजिम कम मूल्यमा खरिद गर्ने सोचमा रहेको पनि देखिन्छ । राज्यको निरिहताका कारण उखु किसानहरु अहिलेसम्म पनि उखुको मूल्य तोक्न सरकारस“ग हारगुहार गरिरहेका छन् । तर, सरकार त्यसका लागि सक्षम देखिएन । चैत्र मसान्तसम्म खेतमा लगाईएका उखु सवै सुक्ने भएकाले तत्काल उखुको मूल्य नतोके किसानका खेतका उखुको औचित्य नै नहुने भएकाले सरकार उखुको मूल्य तत्काल तोक्नतिर लाग्ला ?

प्रकाशित मिति: आइतवार, चैत्र १, २०७१