शुक्रबार, बैशाख ७, २०८१

रुकुममा कृषि पत्रकार समाज

रुकुम, २९ फागुन । रुकुम जिल्लामा क्रियाशिल पत्रकारहरुको भेलाले कृषि पत्रकार समाज रुकुम शाखा गठन गरिएको छ । मुसिकोट खलंगामा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद धनविर दाहालको उपस्थितिमा भएको पत्रकारहरुको भेलाल रुकुम सेरोफेरो साप्ताहिकका सम्पादक लोकेन्द्र खनालको अध्यक्षतामा १३ सदस्यीय कृषि पत्रकार समाज जिल्ला शाखा रुकुम गठन भएको छ ।
पत्रकार समाजको उपाध्यक्षमा सिजन बाँठा मगर, सचिव जनक विक, सह सचिव हिरा खड्का र कोषाध्यक्षमा गंगा वुढाथोकी रहेकी छिन् । त्यस्तै सदस्यमा डिभाईट देवकोटा, टिकाराम खनाल, कमल केसी, नविन खड्का, भैरव केसी, डिल्ली गुरुङ्, अभिराज ओली र झरना विक रहेका छन् ।
रुकुम जिल्लामा कृषि क्षेत्रमा भइरहेका विकास एवं परिवर्तनलाई आम नागरिक समक्ष पु¥याउने सोचले कृषि पत्रकार समाजको शाखा गठन गरिएको जिल्ला शाखाका अध्यक्ष लोकेन्द्र खनालले बताए । पत्रकार समाज गठन कार्यक्रममा केन्द्रिय पार्सत दाहालले कृषि प्रदान देशमा कृषि सम्बन्धिका समाचारलाई प्रकाशन, प्रशारण गर्नको लागी कृषि पत्रकार समाजले महत्वपुर्ण भुमिका निर्भाह गर्ने भन्दै समाजको पदाधिकारीलाई बधाई ज्ञापन गरेका थिए । – टिकाराम खनाल

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २९, २०७१