शनिबार, बैशाख ८, २०८१

शुक्ला गण्डकीमा अझै परम्परागत कृषि

hari nagilaकाठमाडौं, २६ फागुन । ४० हजार जनसंख्या बसोबास भएको शुक्ला गण्डकी नगरपालिकाका अधिकांश नागरिक कृषि क्षेत्रमा आत्मनिर्भर भएपनि २० प्रतिशत भन्दा कम मात्र किसानहरुले व्यवसायिक कृषितिर उन्मूख भएको शुक्ला गण्डकी नगरपालिकाका कार्यकारी अधिकृत हरिराम नागिलाले बताएका छन् ।
कृषि अनलाइनसँग कुरा गर्दै नागिलाले पछिल्लो समयमा परम्परागत रुपमा कृषि पेशा अपनाईरहेका किसानहरु पनि जिवीकोपर्जनसँग त्यसलाई व्यवसायिक रुपमा अगाडि बढाउन प्रयास रहेको बताए । नगरपालिका क्षेत्रभित्र धान, आलु, मकै, सुन्तला लगायतका बालीले प्रमुख रुपमा उत्पादकत्व बृद्धि हुँदै नगरमा आत्मनिर्भर भएको समेत उनले बताए ।
परम्परागत रुपमा कृषि गर्ने जनता ८० प्रतिशत रहेको उल्लेख गर्दै अहिले आएर युवाहरु समेत कृषि तर्फ आकर्षित भई व्यवसायिक रुपमा पशुपालन तर्फ लागिरहेको समेत बताए । कृषि उत्पादनको प्रचुर सम्भावना रहेको सो नगरपालिकाले आफ्नो क्षेत्रका लागि कूल बजेटको ५ प्रतिशत बजेट अनिवार्य कृषि खर्च गर्ने गरी योजना बनाएको समेत बताए ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन २६, २०७१