शुक्रबार, चैत्र १६, २०८०

कृषि उत्पादन प्रविधिमा ढिला भयो

कविता

सवैतिर परिवर्तन कृषिमा पुरानै ढर्रा भयो,

अन्न भण्डार घट्दै जादा छाक टार्न गाह्रो भयो,
पुरानै वीउ विजन, पुरानै उत्पादन शैली भयो,
अन्य क्षेत्र भन्दा कृषि उत्पादन प्रविधिमा ढिला भयो ।

सञ्चार क्षेत्रले निकै ठुलो फड्को मार्दो भयो,
सञ्चार ज्यादै साघँुरो भयो पैसा विदेशीन गयो,
मोबाइल, ट्याबलेट, ल्यपटपमा खेल्दै गर्दा,
अन्य क्षेत्र भन्दा कृषि उत्पादन प्रविधिमा ढिला भयो ।

शिक्षामा विगतको भन्दा निकै ठुलो परिवर्तन भयो
स्कुल कलेजका पुस्तकहरुमा व्यापक परिवर्तन भयो
उत्तरपुस्तीका जाँच्न र नतिजा प्रकाशनमा परिवर्तन भयो
अन्य क्षेत्र भन्दा कृषि उत्पादन प्रविधिमा ढिला भयो ।

स्वास्थ्य क्षेत्रमा नयाँ–नयाँ प्रविधिको विकास भयो
ठुला रोग साधारण र बाहिर बाटनै अपरेशन भयो
स्वास्श्य, शिक्षा र सञ्चारमा ठुला परिवर्तन भयो
तर कृषि उत्पादन प्रविधिमा ढिला भयो ।

संचार स्वास्थ्य र शिक्षालाइ कृषिमा ढाल्न ढिला भयो
नया नया प्रविधि, तालिम, सीप दिन ढिाला भयो
गाउँ गाउँ कुना कुना सम्म प्राविधिक पठाउन ढिला भयो
त्यसैले त कृषि उत्पादन प्रविधिमा ढिला भयो ।

–ध्रुव गजुरेल
तारकेश्वर नगरपालिका -८

प्रकाशित मिति: सोमवार, फाल्गुन २५, २०७१