काठमाडौं,२४ फागुन । कृषि विकास मन्त्रालय यतिखेर आगामी बर्षका लागि योजना तर्जुमा गर्ने कार्यमा जुटेको देखिन्छ । विगत बर्षहरुमा मन्त्रालय भित्रै योजना महाशाखाले मात्र तयार गर्ने योजनामा यो पटक भने केही फरकपन ल्याउन खोजिएको छ । केन्द्रबाट तर्जुमा गरिएका योजना कार्यक्रमहरु सफल हुन नसकेको र कृषि विकास मन्त्रालयको बजेट कनिका छरे जस्तै भएका कारण कृषि क्षेत्रमा परिवर्तन नदेखिएको चर्चा चल्न थालेपछि कृषि विकास मन्त्रालय आगामी बर्षदेखि उपलब्धी देखिने किसिमका कार्यक्रम तर्जुमा गर्नका लागि क्षेत्रियस्तरमा योजना तर्जुमा गर्न जुटेको छ ।
मन्त्रालयले पाँचै विकास क्षेत्रमा क्षेत्रीय स्तरको योजना तर्जुमा गोष्ठि गरेर जिल्ला कृषि कार्यालय तथा जिल्ला पशु सेवा कार्यालयले हरेक तीन वटा बस्तु र बालीलाई आगामी आवका लागि महत्वपूर्णका साथ चयन गर्नु पर्ने भनिएको छ ।
जिल्लामा रहेका कृषि तथा पशु सेवा कार्यालयका प्रमुखहरुले मन्त्रालयले तयार गरेको योजनामा उल्लेखित तीन वटा बस्तु र बालीलाई पहिलो प्राथमिकतामा राखेर रोज्नेर कार्यक्रमका लागि लाग्ने बजेट समेत तयार गर्ने निर्देशन दिइएको छ । विगतमा जिल्लाहरुलाई बजेटको सिलिङ्ग तोके पश्चात कार्यक्रम तयार गर्न लगाइने परम्परालाई अन्त्य गर्दैै अहिले भने कार्ययोजना र त्यसलाई लाग्ने बजेट समेत तोकेरमात्र योजना बनाउन दिएको मन्त्रालयले बजेटको भने कुनै पनि सीमा छुट्याएको छैन ।
मन्त्रालयको योजना महाशाखालाई उदृत गर्ने हो भने पनि कृषिमा परिवर्तन देखाउन र उपलब्धीपूर्ण कार्य गर्ने हो भने बजेटको सिलिङ्ग तोक्ने होइन । कार्ययोजना अनुरुप कुन कुन कार्यक्रम जिल्लाको प्राथमिकतामा परेका छन् । ती कार्यक्रमको उपलब्धी हुने किसिमको आधार तयार गरेर बजेट दिनु पर्दछ । तर, बजेट उपलब्ध गराए अनुरुप कृषिमा परिवर्तन देखाउनका लागि जिल्लाका प्रमुखहरुलाई नै जिम्मेवारी बोध गराउनु पर्ने पर्दछ ।
हुन पनि विगतमा मन्त्रालयले कार्यक्रमको सहित बजेटको सिलिङ्ग तोकेर पठाएका कारण कतिपय कार्यक्रम अनुसार बजेट अभाव भएकाले पनि काम गरेर देखाउन नसकेका कारण आगामी आवमा भने प्रशस्त बजेट दिने तयारी गरिरहेको बुझिएको छ । मन्त्रालयले पाँचै विकास क्षेत्रमा गरेको योजना तर्जुमा गोष्ठिलाई मध्यनजर गर्ने हो भने आगामी बर्ष कृषि विकास मन्त्रालयले महत्वांकाक्षी बजेट तयार त गर्दछ तर, त्यसका अर्थ मन्त्रालयले स्वीकार गर्दछ कि गर्दैन भन्ने कुरा आगामी दिनले देखाउने नै छ । महत्वाकांक्षी बजेट मात्र होइन कृषि विकास मन्त्रालयले हरेक जिल्लालाई कुनै एक बाली वा बस्तुमा आत्मनिर्भर बनाउने योजना जुन रुपमा अगाडि सारेको छ त्यो अत्यन्तै महत्वपूर्ण देखिएको भएपनि अहिलेकै जनशक्ति व्यवस्थापन र काम गराईले योजना सफल होला भन्ने कुरामा शंका उब्जाएको छ ।
महत्वकांक्षी योजना बटुल्दै कृषि मन्त्रालय

Add Comment