बिहिबार, बैशाख १३, २०८१

तरकारीखेतीका लागि रु छत्तीस लाख अनुदान

चितवन, २१ फागुन । चितवनमा व्यावसायिक तरकारीखेतीको विकासका लागि ६० जना किसानले रु ३६ लाख अनुदान पाएका छन् । प्रतिकिसान रु ६० हजारका दरले अनुदान उपलब्ध गराएको जिल्ला कृषि विकास कार्यालय चितवनले जानकारी दिएको छ । पहिलो किस्ता बराबरको रु ३० हजार रुपैयाँ उनीहरूलाई दिई सकिएको र दोस्रो किस्ता तरकारीखेती गरेपछि विरतण गरिने कार्यालयका प्रमुख सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।

तरकारीखेतीका लागि अनुदान पाएका काउलेका पञ्चबहादुर चेपाङले आफूलाई यो सहयोगले तरकारीखेतीका लागि हौसला मिलेको बताउनुभयो । अनुदान पाउनेमा तीनजना चेपाङसमेत रहेका छन् ।
युवा विदेश पलायनलाई रोक्न प्रोत्साहनस्वरूप किसानलाई अनुदान रकम दिएको कृषि कार्यालयले जनाएको छ । किसानलाई रकम दिनुअघि कार्यालयले व्यावसायिक तरकारीखेतीसम्बन्धी तालिम समेत दिएको थियो । अनुदान रकम पाउनका लागि न्यूनतम एक बिगाहा क्षेत्रमा तरकारीखेती गर्नुपर्ने कृषि कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २१, २०७१