बुधबार, बैशाख १२, २०८१

कृषि व्यापार केन्द्रमा आगलागी नौको मृत्यु

कुङ्मिङग (चीन), २० फागुन । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बुधबार बिहान एक कृषि व्यापार केन्द्रमा भएको आगलागीमा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य १० जना घाइते भएका स्थानीय अग्नि नियन्त्रक र सरकारी अधिकारीहरूले जनाएका छन् ।
प्रान्तीय राजधानी कुङ्मिङग सहरमा रहेको व्यापार केन्द्रमा अवस्थित दुईतल्ले भवनमा आगलागी भएको प्रान्तीय सुरक्षा आगलागी नियन्त्रण समूहले जनाएको छ । सो आगलागी सुरु भएको पाँच घन्टापछि, नियन्त्रणमा लिइएको बताइएको छ । सो व्यापार केन्द्रले तीन हेक्टरभन्दा बढी जमिन ओगटेको जनाइएको छ । -सिन्ह्वा

प्रकाशित मिति: बुधबार, फाल्गुन २०, २०७१