विराटनगर, फागुन । किसानहरुले उत्पादन गर्ने दूधको मूल्य प्रतिलिटर ४३ रुपैयाँ पर्ने भएको भएपनि उनीहरुले ३९ रुपैयाँ भन्दा बढी नपाईरहेकोले दूधको उत्पादन लागत मूल्य घटाउन तर्फ आफूहरु केन्द्रित भएको कृषि मन्त्री हरिप्रसाद पराजुलीले बताएका छन् ।
पूर्वाञ्चलको विराटनगरमा क्षेत्रिय कृषि तथा क्षेत्रीय पशु सेवा कार्यालयको आयोजनामा शुरु भएको दुई दिने योजना तर्जुमा कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पराजुलीले सो कुरा बताएका हुन् । कृषि विकास मन्त्रालयले आगामी आर्थिक बर्ष २०७२÷७३ का लागि योजना निर्माणका लागि केन्द्रिकृत भन्दा पनि विकेन्द्रितकृत गरी जिल्लाको भौगोलिक एवं हावापानी अनुरुपको कृषि उत्पादन बृद्धि गर्ने खालका कार्यक्रमका योजना बनाउन गतसातादेखि पाँचै विकास क्षेत्रमा योजना तर्जुमा गोष्ठि सञ्चालन गरिरहेको छ ।
पूर्वाञ्चलमा भने पशु तथा कृषिका क्षेत्रीय कार्यालयले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगेका कृषि मन्त्री पराजुलीले नेपाली कृषिलाई विगतको भन्दा फरक किसिमले परिवर्तन गर्दै लैजानु सके मात्र नेपाली कृषि क्षेत्रको विकास र व्यवसायिकरण हुन सक्ने भन्दै जिल्लाको आवश्यकता र आत्मनिर्भरता हुने किसिमले योजना बनाउन समेत आग्रह गरेका थिए ।
सो कार्यक्रमलाई सम्वोधन गर्दै कृषि विकास मन्त्रालयका सचिव जयमुकुन्द खनालले आजको भोली नै प्रांगारिक खेतीमा रुपान्तरण गर्न नसकिने भएकाले आईपिएम पद्दतीलाई अंगाल्दै कृषि उत्पादन गर्न सकेका केही बर्ष पछाडि कृषि उत्पादनलाई प्रांगारिक बनाउन सक्ने भएकाले जिल्ला कृषि कार्यालयहरुले त्यस्ता कार्यक्रमलाई पनि आफ्नो प्राथमिकतामा राखेर योजना बनाउन सल्लाह दिएका थिए । जिल्लामा बढी उत्पादन हुने कृषि बस्तु वा बालीलाई महत्वपूर्ण बनाएर कुनै एक बाली वा वस्तुलाई हावापानी अनुरुप बढी उत्पादन गर्न सक्ने गरी योजना बनाउँदै जिल्लाको नाम कृषि उपजकै नामबाट चिनिन सक्ने गरी कम्तिमा आफ्नो जिल्लामा उत्पादन हुने एक बाली वा बस्तुमा भएपनि जिल्ला आत्मनिर्भर हुने किसिमले योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने तर्फ लाग्नु पर्ने बताए । सचिव खनालले झापामा किसानहरु च्याउ उत्पादन तर्फ आकर्षित देखिएको तर च्याउको बीउका लागि वीउको अभाव भएको गुनासो आएकाले आगामी बर्षका लागि गुणस्तरीय बीउ उत्पादन तर्फ पनि ध्यान दिन आग्रह गदैै पूर्वाञ्चल क्षेत्रका लागि बीउ एवं अन्य बस्तु र बालीको स्रोत केन्द्रका रुपमा चन्द्रडाँगी बीउ विजन तथा दुग्ध विकास समिति जस्ता संस्थालाई पूर्ण रुपमा सक्षम बनाएर अगाडि जानु पर्ने धारणा राखेका थिए ।
कार्यक्रकमा कृषि विभागका महानिर्देशक डा युवकध्वज जिसी हतारमा कार्य योजना बनाउनु भन्दा फुर्सतले उपलब्धी हुने खालका कार्यक्रमलाई प्राथमिकता दिएर योजना बनाउनु पर्ने धारणा राखेका थिए । साथै उनले कृषिको व्यवसायिकरण एवं औधोगिकरणरसँगै माग अनुरुप कार्यक्रम परिवर्तन गर्दै लैजानु पर्ने बताए । मुस्कान सहितको सेवा दिने एक मात्र कार्यालय कृषि भएका चर्चागर्दै कृषिले आगामी दिन परिवर्तन गरेर देखउने समेत बताए ।
कार्यक्रमका अध्यक्षता ग्रहण गरेका कृषि मन्त्रालयका सहसचिव योगेन्द्र कार्कीले अन्य क्षेत्रमा जस्तै कृषि क्षेत्रका माध्यमबाट पूर्वाञ्चल क्षेत्रमा अगुवाई गर्नका लागि आफूहरु सक्षम भएर देखाउने कार्यक्रम किसानसम्म पु¥याउनका लागि नै यस्ता गोष्ठिको आयोजना गरेको बताए । – वैकुण्ठ भण्डारी विराटनगरबाट
कृषिको आत्मनिर्भरतातिर जुट्न कृषि मन्त्रीको आग्रह

Add Comment