बिहिबार, बैशाख १३, २०८१

हुम्लामा खाद्यान्न अभाव, खाद्य संस्थान अंचल कार्यालय र विभागमा पत्राचार

हुम्ला, १३ फागुन । नेपाल खाद्य संस्थान शाखा कार्यालय सिमीकोटमा आर्थिक वर्ष २०७१÷०७२ मा कोटाअनुसार १० हजार क्विन्टल खाद्यान्न आपूर्ति गर्नका लागि हवाईमार्गबाट तीन हजार ५०० क्विन्टल र पैदलमार्गबाट दुई हजार ५०० क्विन्टलका लागि तत्काल अञ्चल कार्यालय नेपालगन्ज र विभागमासमेत पत्राचार गरिएको छ । पुस ७ गतेबाट जनता, कर्मचारी, प्रहरी, शिक्षक, विद्यार्थी, व्यापारीसमेतलाई चारदेखि १५ केजीसम्मको चामल, गहुँ, दुई हजार क्विन्टल वितरण गरेपछि गोदामघर रित्तो भएको छ । हुम्लामा दैवीप्रकोप, मृत्यु घटनासमेतका लागि खाद्यान्न नराखी वितरण भएपछि जनता दिनप्रतिदिन खाद्यान्न माग गर्न आएपनि गोदाम खाली देखिएका छन् । हाल अर्थ मन्त्रालयबाट ढुवानीका लागि रकम नछुट््याउनाले खाद्यान्न अभाव भइरहेको छ । हिमपात भए पनि जनताहरु जिल्ला प्रशासन कार्यालय र नेपाल खाद्य संस्थान शाखा कार्यालय घेराउ गर्न आएका छन् । समयमै खाद्यान्न ढुवानी नभएपछि बाहिरबाट आएका कर्मचारीहरु मैदाको रोटी खान बाध्य हुन पुगेका छन् भने प्रहरीहरुलाई खाद्य नआएपछि गाउँगाउँबाट फापर, कोदो र चिनो खान बाध्य हुनपुगेका छन् ।

प्रकाशित मिति: बुधबार, फाल्गुन १३, २०७१