शुक्रबार, बैशाख ७, २०८१

डुन्डुवा सिँचाइका लागि ऋण सहायता उपलब्ध हुने

काठमाडाँैं, १२ फागुन । डुन्डुवा सिँचाइ परियोजनाको विस्तार र पुनःस्थापनाका लागि नेपाल सरकारले साउदी विकास कोषबाट रु दुई अर्ब ४१ करोड ऋण सहायता लिने भएको छ । डुन्डुवा सिँचाइ परियोजना भेरी अञ्चलको बाँके जिल्लामा पर्छ । ऋण सहायता रकम उपलब्ध गराउने विषयमा आज अर्थमन्त्रालयमा अर्थ सचिव सुमनप्रसाद शर्मा र साउदी विकास कोषका कार्यकारी निर्देशक युसेफ एल बासेमले हस्ताक्षर गरे  ।
परियोजना क्षेत्रमा सिँचाइ सञ्जाल र संरक्षणका कार्य गरी कृषि उत्पादकत्व अभिवृद्धि गर्न यो परियोजनाबाट सघाउ पुग्नेछ । ऋणको समाप्ति सन् २०१९ को ३१ मार्चमा हुनेछ भने ऋण बापत नेपाल सरकारले दुई प्रतिशत ब्याज तिनुपर्ने छ । यो परियोजनाले १३ गाविसलाई समेट्न छ । परियोजनाअन्तर्गत २५ किलोमीटर मुख्य र सहायक नहर निर्माण गरी १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइने छ ।

प्रकाशित मिति: मङ्लबार, फाल्गुन १२, २०७१