बिहिबार, बैशाख १३, २०८१

गाई र बङ्गुर फार्मका लागि साढे २७ लाख

बाँके, ८ फागुन । बाँके जिल्लामा यस वर्ष पशुपालनअन्तर्गत गाई र बङ्गुर फार्मका लागि रु साढे २७ लाख रकम अख्तियार गरिएको छ ।
स्वरोजगार कार्यक्रमअन्तर्गत गत वर्ष बाँकेमा पशु फार्मका लागि कुनै रकम नआएपछि यस वर्ष गाई र बङ्गुर फार्मका लागि रकम अख्तियार गरिएको हो । जिल्ला पशुसेवा कार्यालय बाँकेमा कृषकहरुले गाई फार्मका लागि ४५ र बङ्गुर फार्मका लागि ४३ वटा निवेदन दिएका थिए ।
गाई फार्मका लागि रु २० लाख र बङ्गुर फार्मका लागि रु साढे सात लाख रकम अख्तियार गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । गाई फार्मका लागि छनोटमा परेकामध्ये प्रतिव्यक्तिले रु दुई लाख र बङ्गुर फार्म खोल्नेले रु एक लाखदेखि साढे दुई लाखसम्म रकम पाउने कार्यालय प्रमुख टेकनाथ आचार्यले बताए ।
छनोटका लागि वनकटुवा, कोहलपुर र धामपुरमा मात्र अनुगमन गर्न बाँकी रहेको पनि आचार्यले बताउनुभयो । यस वर्ष जिल्लामा सहकारीखेतीअन्तर्गत बङ्गुरपालनका लागि पनि रु १६ लाख रकम विनियोजन गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन ८, २०७१