बिहिबार, बैशाख १३, २०८१

कृषि पेसालाई प्रोत्साहन गर्नकृषि प्रदर्शनी

फागुन ६, नवलपरासी । नवलपरासीमा तेस्रो कृषि प्रदर्शनी मेला २०७१ सञ्चालन गरिएको छ ।
कृषक हकहित संरक्षण मञ्च नवलपरासीको आयोजना तथा जिल्ला कृषि कार्यालयको सहआयोजनामा प्रदर्शनी मेला सञ्चालन गरिएको हो । प्रदर्शनीमा जिल्लाका विभिन्न स्थानमा उत्पादन भएका कृषि उपज समावेश गरिएको छ  ।
झण्डै सय जना किसानले उत्पादन गरेको कृषि बालीसमेत प्रदर्शनीमा राखिएको कृर्षक हकहित संरक्षण मञ्चका अध्यक्ष शम्भुप्रसाद उपाध्यायले बताए । मेलाबाट जिल्ला भित्रका कृषि उपजको प्रवद्र्धन तथा उत्पादनमा प्रोत्साहन पुग्ने आयोजकको विश्वास रहेको छ । मेला कृषि पेसालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सञ्चालन भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख यमनारायण देवकोटाले बताए ।
प्रदर्शनीमा कृषिसँग सम्बन्धित जानकारी दिने कक्षसमेत राखिएका छन् । मेलाबाट कृषि पेसालाई प्रोत्साहनका साथै नयाँनयाँ प्राविधिसम्बन्धी ज्ञान मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन ६, २०७१