शनिबार, बैशाख ८, २०८१

कुखुराका चल्लासहित सात भारतीय नागरिक पक्राउ

गुलरिया (बर्दिया), ६ फागुन । भारतबाट अवैधरुपमा ब्रोइलर कुखुराको चल्ला नेपाल ल्याउँदै गरेको अवस्थामा आज बिहान सात भारतीय नागरिक पक्राउ परेका छन् । भारतको बहराइच जिल्लाको बलइ बजारबाट नेपाल ल्याउँदै गरिएको एक हजार २० वटा कुखुराका चल्लासहित सात भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले पक्राउ गरेको हो । पक्राउ परेका र कुखुरालाई आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन गुलरिया बर्दियामा पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, फाल्गुन ६, २०७१