शनिबार, बैशाख ८, २०८१

भारतबाट गहुँको आयातमा वृद्धि

विराटनगर, ४ फागुन । विराटनगर नाकावाट गहुँको आयात क्रमिक रुपमा बढ्दै गइरहेको छ । उपभोक्ताको मागअनुसार तराईका जिल्लामा गहुँको उत्पादन हुन नसकेपछि भारतवाट आयात बढ्दै गएको हो । मोरङ र सुनसरी जिल्लाका लागि भारतबाट गत आर्थिक वर्षमा रु १२ करोड ४८ लाख ४५ हजार मूल्य बराबरको आठ हजार ३८८ मेट्रिक टन गहुँ आयात भएको थियो ।

चालु आर्थिक वर्षको ६ महिनामा रु दुई करोड ९९ लाख ६४ हजार मूल्य बराबरको एक हजार ३६२ मेट्रिक टन गहुँ आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ । तराईका झापा, मोरङ र सुनसरी जिल्लामा खेतीयोग्य जग्गामा घर वनाउने क्रम बढ्न थालेपपिछ गहुँ, धान, दाललगायतका बालीको उत्पादनमा कमी आएको हो । मोरङ जिल्लामा गतवर्ष १६ हजार २१० हेक्टर जग्गामा गहुँखेती गरिएको थियो । ३४ हजार २० मेट्रिक टन गहुँ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, फाल्गुन ४, २०७१