शुक्रबार, चैत्र १६, २०८०

पाइएला छ प्रतिशत ब्याजमा ऋण

rastra bankकाठमाडौं, ३ फागुन । सरकारले अनुदानमा किसानहरुलाई कृषि व्यवसायका लागि ऋण प्रवाह गर्नका लागि कृषि ऋणमा ६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने निर्णय गरेको भएपनि सो निर्णय कार्यान्वयन भएन । सरकार र राष्ट्र वैकले किसानहरुलाई कृषि व्यवसायका लागि ऋण उपलब्ध गराउनका लागि ६ प्रतिशत ब्याज दरमा नै ऋण उपलब्ध गराउन निर्देशन गरेको भएपनि सो निर्णय हालसम्म पनि कार्यान्वय हुन सकेको छैन ।
तीन महिना अगाडि सरकार र राष्ट्र वैकले दिएको निर्देशन अटेरी गरी वाणिज्य वैकहरुले १२देखि १५ प्रतिशतसम्म ब्याज असुल्दै आईरहेका थिए । जसका कारण किसानले सरकारले ल्याएका नीतिहरु माथि विश्वास गर्ने ठाउँ देखिएको छैन । नेपाल राष्ट्र वैकले कार्तिक ११ गते युवा किसानहरुलाई व्यवसायिक कृषिमा दिने व्याज अनुदान सम्वन्धि कार्यविधि २०७१ ल्याएको भएपनि कुनै पनि किसानले सो कार्यविधि अनुरुप ऋण प्राप्त गरेका छैनन् । सरकारले कार्यविधि ल्याउना साथ अत्तालिएका वैकर्सहरुले ६ प्रतिशत व्याजमा ऋण दिन नसक्ने धारणा सार्वजनिक समेत गरेको थियो । १२ देखि १५ प्रतिशत ब्याजदरमा समेत ऋण प्रवाह गर्नमा आनाकानी गरिरहेका बेला सरकारले सरकाले ६ प्रतिशतमा कृषि ऋण प्रवाह गर्न भनेपछि वैकर्सहरु सरकारी निर्णयप्रति आक्रोशित समेत बनेका थिए । जसका कारण किसानहरु वैंकको झण्झटिलो प्रक्रिया भन्दा सहकारी संस्थाहरुको सहज प्रक्रियामा १८ देखि २२ प्रतिशत ब्याज तिर्न वाध्य भएका थिए र अहिले पनि छन् ।
तथापी ढिलो गरेरै भएपनि वैकर्स संघले कृषि ऋण प्रवाह गर्नका लागि ६ प्रतिशत व्याजदरमै कर्जा दिन सम्पूर्ण वाणिज्य वैकहरुलाई परिपत्र गरेको छ यो भने पक्कै पनि व्यवसायिक रुपमा कृषिमा लगानी गर्न चाहिरहेकाहरुलाई राहत भने दिने संकेत देखिएको छ । तर वैंकहरुले किसानहरुका लागि सो सुविधा देलान् भन्ने प्रश्न पनि नउब्जिएका होइनन् । जसले गर्दा संघले गरेको परिपत्र केवल परिपत्र मात्र भयो भने फेरि हात्ति आयो हात्ति आयो फुस्सा नहोला भन्न सकिंदैन । त्यसैले सरोकारवाला निकायहरुले कृषि कर्जा प्रवाह वैंकहरुले गरिरहेका छन् कि छैनन् भन्ने अनुगमन गर्नु नितान्त आवश्यक छ । त्यत्तिमात्र होइन व्यवसायिक कृषि गर्ने नाममा कृषि कर्जा अन्यत्र प्रयोग गर्नका लागि ठूलो व्यापारीहरुले कृषि कर्जालाई दुरुपयोग गर्ने सम्भावनालाई समेत अध्ययन र अनुसन्धान नियमति गर्नु आवश्यक छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन ३, २०७१